हुम्लामा विधिवत रुपमा ट्राफिक प्रहरी कार्यालय स्थापना

हुम्ला– देशका ७७ वटा जिल्ला मध्ये राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम जिल्ला हुम्लामा विधिवत रुपमा ट्राफिक प्रहरी कार्यालय स्थापना भएको छ ।  सडक सञ्जालसँग नजोडिदै बोलेरा ट्रिपर,टयाक्टर दुर्घटना लगायत विभिन्न यातायातका साधनबाट १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक टा«फिक प्रहरी कार्यालय स्थापना भएको हो ।

एक जना प्रहरी सहायक निरिक्षकको नेतृत्वमा १० जना टा«फिक प्रहरी रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापाना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  ट्राफिक प्रहरी कार्यालयको दरबन्दी स्वीकृत भएपछि बुधबार हुम्लामा विधिवत रुपमा कार्यालय स्थापना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले बताए ।

ट्राफिक प्रहरी कार्यालय स्थापना भएपछि दुर्घटना न्युनिकरण गर्न सहज हुने भएको छ । एक जना प्रहरी सहायक निरिक्षकको नेतृत्वमा १० जना ट्राफिक प्रहरी रहने भएको छ ।