चीनको ताक्लाकोट व्यापारीद्धरा पत्रकार बोहरालाई सहयोग

 

हुम्ला– मस्तिष्कघातको उपचार गराइरहेका पत्रकार महासंघ हुम्ला जिल्ला शाखाका अध्यक्ष अर्जुन बोहरालाई चीनको ताक्लाकोटबाट आर्थिक सहयोग उपलव्ध गराएका छन ।
रोजगारीका शिलशिलामा चीनको ताक्लोकोट होटेल पसल व्यवसाय गदै आएका हुम्लाका कैलाश व्यापारी संगठनले रकम सहयोग गरेका हुन् ।

एक महिनादेखि काठमाडौको न्युरो अस्पतालमा उपचाररत पत्रकार बोहरालाई ताक्लाकोटमा व्यवसाय गदै आएका व्यापारीहरुले १ लाख ५ हजार ५० रुपैया रकम सहयोग गरेको कैलाश व्यापारी संगठनका अध्यक्ष लाल लामाले जानकारी दिएका छन् ।

होटेल व्यवसाय गदै आएका व्यापारीहरु मिलेर रकम संकलन गरी बिरामी रहेको पत्रकार बोहरालाई पठाईको अध्यक्ष लामाले बताए ।  हुम्ला जिल्लाबाट व्यापारको शिलशिलामा ताक्लाकोट पुगेको सबै मिलेर रकम सहयोग गरेको व्यापारी रामसिहं लामाको भनाई रहेको छ ।  कैलाश व्यापारी संगठनको पहलमा नेपाल पत्रकार महासंघ हुम्ला जिल्लाको अध्यक्षको खाता नम्बर जम्मा गरेको लामाले बताए ।