भाइटीकाको साइत बिहान ११:५५ मा उत्तम

हुम्ला हिन्दूहरूको दोस्रो ठूलो सांस्कृतिक पर्व तिहार शनिबारबाट सुरु भएको छ । शनिबार कागतिहारसँगै सुरु भएको तिहार आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, सोमबार गोबर्द्धन पूजा र मंगलबार

भाइटीका गरेर समापन हुनेछ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको साइत मंगलबार बिहान ११:५५ मा उत्तम छ ।

उत्तम साइतबाहेक पनि दिनभर टीका लगाउन मिल्ने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले बताए । समितिले विभिन्न देशमा रहेका हिन्दूहरूका लागि फरक–फरक साइत निर्धारण गरेको जनाएको छ ।

तिहारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले शुभकामना व्यक्त गरेका छन् । वक्तव्य जारी गर्दै उनीहरूले यो पर्वले नेपालीबीच एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।