विकासले गासेन वैवाहिक सम्बन्ध

लिमी (हुम्ला) – उत्तरी छिमेकी तिब्बतको चीनसँग जात,धर्म,भाषा रहनसहन भेषभुषा लगायत जन्मदेखि मृत्यु सम्मको संस्कार र साँस्कृति समेत मिल्दोजुल्दो छ । भौगोलिकतामा समानता छ । पछिल्ला समयमा राजनीतिक व्यवस्था समेत मिलेको छ । यति हुदाहुदै पनि यी दुई छिमेकी बासिन्दा बिच बैवाहिक सम्बन्ध भने हुदैन् । हुम्लाका लिमेली जनताका लागि नजिकको बस्ती भनेकै तिब्बत हो ।

नेपालतर्फ आफनै गाउँपालिकाको केन्द्र पुग्न भण्डै ५ हजार मिटर उचाईको लेख पार गरी एक तर्फी मात्रै तिनदेखि चार दिन पैदल यात्रा गर्नुपर्न अवस्था छ । बौद्धधर्मालम्बी भएको लिमीका तिल,हल्जी र जाँङ्ग गरी तिन गाउँको बस्ती छ । साविक एक गाउँ विकास समिति रहेको लिमीका तिनवटै गाउँ यतिखेर नाम्खा गाउँपालिकाको ६ नम्बर वडामा सिमीत बनेको छ । कम्युनिष्ट सरकार रहेको चीनको छिमेकी नेपालमा पनि संघ प्रदेशमा कम्युनिष्टकै सरकार छ । नाम्खा गाउँपालिकाको नेतृत्व सम्हालेका अध्यक्ष विष्णुबहादुर लामा पनि कम्युनिष्ट नै ह्ुन् । चीनको तिब्बत विकासले निकै फडको मारेको अवस्थामा नेपालकै पनि अति विकट लिमी धेरै पछि रहेको छ । दुई छिमेकी बिच विकासको ठुलो असमानता छ । छिमेकीसँग विकासमा निक्कै असमानता भएकोले वैवाहिक सम्बन्ध नहुने स्थानीयहरुको बुझाई रहेको छ ।

सीमा जोडिएको छिमेकी तिब्बतीयन सम्पन्न छन् । घर नभएका र भेडाबाख्रा पालेर जीवननिर्वाह गर्ने डुलुवा छोवो जाती पनि सम्पन्न भईसकेका छन् । उनीहरुसँग नभएका पनि टयाक्टर र मोटरसाइकल छन् । गाडीमा भेडाबाख्रा चराउन छन । एक ठाउँबाट अर्को ठाउँमा बसाई सराई गर्दा टयाक्टरमा सामान ओसार पोसार गर्दछन् । नेपालमा भने तिब्बतको सीमा देखिनै भारी बोकेर सामान ल्याउने र लैजाने गर्नुपर्ने बाध्यता छ । उता तिब्बती सफा र चिटिक्क परेर हिडडुल गर्छन । भने सीमायताका नेपालीलाई सफा गर्ने समयनै हुदैन् । सम्भव त तिब्बतीहरु नेपालीलाई फोहोरी र असभ्य ठान्दा हुन् । त्यसैले पनि तिब्बती बिच विवाह नभएको हुन सक्ने स्थानीयको अनुभव रहेको छ । परापुर्वकालमा तिब्बतीसँग वैवाहिक सम्बन्ध हुने गरेको स्थानीयबासीहरुले बताउने गरेका छन् ।
चार दशक पहिले वैवाहिक सम्बन्ध
चार दशकपहिले वैवाहिक सम्बन्ध हुने गरेको थियो । र अहिले समय फेरिएको छ । हामी उस्ताको उस्तै छौ हाम्रो अवस्थामा कुनै सुधार नआएको लिमि जाँङ्ग गाउँका स्थानीय कोजुकओब जाङ तामाङले भने । तिब्बतमा डुलुवा तिब्बती समेत सुखी भईसकेका र घर बस्ती भएका सम्पन्न छन् । तामाङका अनुसार तिब्बतीले घर आगनमै गाडी गुडाउछन् । खान र लाउन पनि दुख छैन । खेती योग्य जमिन नभएका गाउँमा सरकारी सहुलियतमा सहज तरिकाले खाद्यान्न प्राप्त गर्ने व्यवस्था छ । बेरोजगार रहनु परेको छैनन् सबैले रोजगार पाएका छन् । शिक्षा र स्वास्थ्य सरकारले जिम्मा लिएको छ । नेपालमा ठिक उल्टो छ । आफना नागरिकको अवस्था सरकारलाई जानकारी हुदैन् । हिउँदको ६ महिना लिमीकाबासिन्दा प्राकृतिक जेलमा बस्न बाध्य रहनु परेको अवस्था छ । यो अवधिमा यहाँका बासिन्दाको अवस्था के कस्तो छ भन्ने कुरा राज्यलाई समेत जानकारी छैन । लिमी र तिब्बती बिच वैवाहिक सम्बन्ध हुन नसक्ने भएपछि गाउँमा अवविवाहित महिलाहरु धेरै भएका हुन् ।
असमानताले वैबाहिक सम्बन्ध हुदैन
असमानताले आफनै छिमेकी राष्ट्र तिब्बतसँग वैवाहिक सम्बन्ध हुन नसकेको हो । लिमीमा बहुपति प्रथा अझै कायमै भएकोल पनि विवाह योग्य पुरुष नपाउने महिलाको समस्या छ । विवाहका लागि वर नपाउने र छिमेकीसँग वैवाहिक सम्बन्ध नहुने भएपछि लिमीका तिन बस्तीमा ५÷६ दर्जन भन्दा बढी महिला अविवाहित छन् । कतिपय महिलाले झटकेलो सन्ताल जन्माएर पालनपोषनको जिम्मा आफै लिएकी छिन् । जीवनभर अविवाहित महिलालाई माइतीले सानो घर बनाईदिने र अलिकति जग्गा दिने गर्दछन । उनीहरुले त्यसैमा जिवन निर्वाह गर्नुपर्ने बाध्यता छ । बाँकी आर्यआर्जन लागि तिब्बत पुगेर मजदुरी गर्दछन ।
बहुपति प्रचलन कायमै
बहुपती प्रचलनकै कारण एकल महिला अविवाहित अवस्थामै आमा बन्ने गरेकी हुन् । घरमा धेरै भाइको एउटै श्रीमती हुने भएपनि जेठोका अधिकार लाग्ने भएकाले अन्य भाइ एकल महिलामा सल्केर बच्चा जन्माउने प्रचलन छ ।
अविवाहति अवस्थामै जन्माएको बच्चाले अंश समेत पाउदैनन् । महिलालाई स्याहार्नु पनि पर्देन । पुरुषले आफनो स्वइच्छाले सहयोग गरे वाहेक बालबालिकाको पालनपोषण खर्च समेत पाउदैनन् । यस्ता (रखैल) महिलाई फुर्दाङमु भनिन्छ । महिलालाई अविवाहित अवस्थामै बच्चा जन्माएको कुनै पश्चयाता हुदैनन् । बरु गौरब र म फलानको फुर्दाङमु (रखैल) हु भनेर गर्व गर्छन् । समाजले यसमा कुनै पनि घृणा गर्ने गरेको छैनन । म गाउँकै एक युवकको रखैल हु । उ काठमाडौ बस्छ मलाई कुनै खबर पठाउदै हल्जी गाउँकी एकल महिला याङकी लामाले गर्व गदै भनिन् । घर आउदा आफनो घरमा काम गर्छ तर बेलुका मेरो कोठामा सुत्न आउछ । यहाँको चलनैै यस्तै भएकोले यस्तो व्यवहारप्रति दुखित नभएको र तिब्बतीसँग आफनो सम्पर्क नहुने उनले बताइन् ।