रोशनी शाहीको अर्को खुलासा : प्रहरीले बन्धक बनाएर महराविरुद्ध निवेदन दर्ता गर्न लगायो, महरा निर्दोष छन्

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी रोशनी शाहीले आफुँलाई प्रहरीले बन्धक बनाई जबरजस्ती जाहेरी दिन लगाएको बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी गराउँदै उनले महरा निर्दोष रहेको र फसाइएको बताएकी छिन् ।

शाहीले गत असोज १७ मा बानेश्वर प्रहरीले आफुँलाई सोधपुछको लागि बोलाई बन्धक बनाएर जबरजस्ती करणी निवेदन दर्ता गर्न लगाएको बताएकी छिन् । उनले गत असोज १५ मा नै महनगरीय प्रहरीमा महराविरुद्धको आरोप गलत भनि दिएको निवेदन उपर कारबाही नगरिएको पनि बताएकी छिन् । शाहीले असोज १५ मा प्रहरीमा दिएको निवेदन दशैंको कारण सार्वजनिक गर्न सम्भव नहुँदा सामाजिक सञ्जालमा गलत प्रचार भएकोसमेत बताएकी छिन् ।

शाहीले मेरो कुरा डटकमबाट आएको समाचार पुरै झुटा भएको बताउँवदै पत्रकार अजयबाबु सिवाकोटी लगायत सामाजिक सञ्जाल प्रयोगकर्तामाथि गाली बेइजज्जती तथा साईबर क्राइमको मुद्दा दिने समेत बताएकी छिन् । उनले आफ्नो शारिरिक समस्याको फाईदा उठाउँदै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई दोषी देखाई प्रचार गरिएको बताएकी छिन् ।

यस्तो छ शाहीले सार्वजनिक गरेको निवेदन पत्र

Image may contain: text
Image may contain: text