काठमाडौं सभामुख निवास बलुवाटारबाट पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्ने अनुमती दिएपछि आइतबार साँझ सभामुख निवास बालुवाटारबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले उनलाई उनकै बा १८ छ ४०० नम्बरको निजी गाडीमा हालेर लगेको छ ।
संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै शनिबार बानेश्वर प्रहरी वृत्तमा किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गर्न आइतबार जिल्ला अदालतले अनुमती दिएको थियो ।
पक्राउ पूर्जी जारी भएपनि माथिको आदेश कुरेर बसेको प्रहरीले उनलाई आइतबार साँझ मात्र पक्राउ गरेको हो ।
कर्णाली रैवार संवाददाता । १९ आश्विन २०७६, आईतवार १८:२५