हुम्ला–मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायमाथी अज्ञात समुहद्धरा निर्घात कुटपिट भएको छ ।
सदरमुकाम गमगडीदेखि सोरु गाउँपालिका जादै गरेका प्रमुख प्रशासकिय अधिकृत उपाध्याय सीप भन्ने स्थानमा अज्ञात समुहबाट कुटपिट भएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे जानकारी दिएका छन् ।
सदरमुकाम गमगडीदेखि गाउँपालिका जाने क्रममा सीप भन्ने स्थानमा प्रमुख प्रशासकिय अधिकृत उपाध्यायमाथि ७÷८ जना मुखमा मास्क बाँधेर आएको अज्ञात समुहले कुटपिट गरेको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए ।
घाईते भएका प्रमुख प्रशासकिय अधिकृत उपाध्यायलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहोलपुर लिएको प्रजिअ घिमिरे बताए ।
सीप भन्ने स्थानमा नेपाल प्रहरी सश्स्त्र प्रहरी खटाइसकेको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ ।
तिलसरा बिक । १३ आश्विन २०७६, सोमबार १७:३५