जिल्ला स्तरीय फुटबल प्रतियोगितामा सिम ब्वाईज बिजयी

हुम्ला कार्तिक २०।  जिल्लामा संचालित जिल्ला स्तरीय खुल्ला फुटबल प्रतियोगितामा सिमब्वाईन क्लब बिजयी भएको छ ।

आज भएको फाईनल खेलमा सिमब्वाईजले क्लबले योङ स्टार क्लबलाई सुन्नेका बिरुद्ध दुई गोल गरेर बिजयी भएको हो ।

फाईनल प्रतियोगितामा सिमब्वाईज क्लबकोतर्फबाट पहिलो गोल ४० औ मिनेटमा दिपेन्द्र शाहीले गोल पोष्टमा हानेको बललाई छेक्ने क्रममा योङ स्टार क्लबमा रक्षापंङितका खेलाडी छिरिङ लामाले छुदा सुसाईट गोल भएको थियो ।

भने दोस्रो गोल ६० औं मिनेटमा सिमब्वाईजका खेलाडी बिशाल बुढाल गर्नु भएको थियो ।

योङ स्टार क्लबले पहिलो हाफमा निक्कै अबसरहरु गुमाएको थियो भने दोस्रो हाफमा भने सिमब्वाईजले योङ स्टारलाई निक्कै दबाफमा राखेको थियो ।

यो सहित सिमब्वाईज क्लबले लगातार तेस्रो पटक प्रतियोगितामा बिजेता बनेको आयोजम शिब मन्दिर क्लबका अध्यक्ष भिम बहादुर रोकायाले बताउनुु भयो ।

शिब मन्दिर क्लबको आयोजनामा संचालित जिल्ला स्तरीय फुटबल प्रतियोगिताका बिजेता टिमले पचास हजार नगद, ट्रफी तथा पदक प्राप्त गर्नु भएको छ भने दोस्रो भएको टिम योङ स्टार क्लबलाई नगद तीस हजार सहित पदक प्रदान गरिएको छ ।

गत कार्तिक १० गतेबाट संचालन भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । आगामी मागमा हुने क्षेत्रीय खेलका लागि पनि फुटबलतर्फ यसै प्रतियोगिताबाट खेलाडी छनौट हुने भएका छन ।