हुम्लाकी अगुवा महिलाद्धारा तीज विशेष कार्यक्रम

नन्द सिंह

हुम्लाका अगुवा महिलाद्धारा तीज विशेष पञ्चमी कार्यक्रम संञ्चालन गरिएको छ । जिल्लाका दुरदराजमा रहेका महिलाईहरुको क्षमता अभिवृदि गर्नका लागि सो कार्यक्रम संञ्चालन गरिएको हो । उक्त कार्यक्रम सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र जिल्लाकी अगुवा महिलाहरुको समन्वयमा तीज विशेष पञ्चमी कार्यक्रम मनाइएको छ ।सिमकोट गाउँपालिका वडा नम्वर १ देखि ८ वडा सम्मका स्थानीय महिलाहरुको उपस्थितीमा १३ वटा टीमको प्रतिस प्रधात्मकका साथ नृत्य संञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रत्यक वडाबाट साक्षर र निरात्क्षर गरि दुई टिम ल्याउनु पर्ने भनियता पिन सदरमुकाम सिमकोट नजिकै जोडीएको वडा नम्वर ८ स्याँडाबाट कुनै पनि नृत्य टिमले उपस्थिती जनाएको थिएन । 

सो कार्यक्रममा दुईवटा वर्गिकरणको आधारमा छुट्याएर आएको भएता पनि महिलाहरुको भव्य रुपमा नृत्य संञ्चालन गरिएको थियो । विशेष गरि विकट जिल्ला हुम्लामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी भई आएकाले यहाँका महिलाहरु गौरवान्धित भएको महसुस भएको हुँदा यस जिल्लाको प्रशासनिक लगायत महिला हिंसा,विकृति र विसंगतिलाई न्युनिकरण गर्न सदैव आफू लागि पर्ने र अघि बढ्ने प्रजिअ विनिता भट्टाराईले बताएकी छन ।

हामी महिलाहरु प्रायः घरको चुलो चौकोमा व्यस्ता रहने गर्दछौँ तै पनि हुम्लाका महिलाहरुले यस्ता केही उदारणिय र सराहनिय काम गरेको प्रजिअको भनाई छ ।
प्रतिसप्रधात्मक भएको कार्यक्रममा निरात्क्षर तर्फका महिलामा सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँ प्रथम, वडा नं. ५ सिमकोट दृतिय, वडा नं. ७ डाँडाफया तृतिय र सान्तोनामा वडा नं. २ ठेहे परेका छन भने साक्षर तर्फका सात वटा टिम दर्ता गरेका मध्ये सिमकोट गाउँपालिका वडा नं. २ ठेहे प्रथम, वडा नं. ४ हिल्दुम दृतिय, वडा नं. ५ सिमकोट तृतिय र सान्तोनामा वडा नं. ३ बरगाँउ परेको छ । कार्यक्रममा उपस्थिती सवै महिलाहरुलाई धोती, चोला, कुर्ता, र प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमका संयोजक सुसिला रोकायाले बताइन् । उक्त कार्यक्रम १ लाख ५० हजार को लगानीमा संञ्चालन भएको थियो ।