नेकपा हुम्लाले गाउँ कमिटिको टुङ्गो लगायो

हुम्ला– नेपाल कम्युनिष्ट पार्टी नेकपा हुम्लाले गाउँ कमिटि विभाजनको टुङ्गो लगाएको छ । गाउँ कमिटिको टुङ्गाो लगाएसँगै जिल्लामा पत्रकार सम्मेलन गरी नामावली सहित सार्वजनिक गरेको हो ।
जिल्लाका ७ वटा गाउँपालिकामा नेकपा जिल्ला कमिटिको कार्यक्षेत्र विभाजन गरेको छ । जस्मा ४ वटा गाउँपालिका पूर्व माओवादी केन्द्रको अध्यक्षले जिम्मा पाएको छ भने त्यसको इन्चार्जमा पूर्व एमालेको भागमा परेको छ ।
यस्तै ३ वटा गाउँपालिकामा पूर्व एमालेको भागमा ३ वटा अध्यक्ष र पूर्व माओवादी केन्द्रको भागमा ३ वटा इन्चार्ज परेको छ । नेपाल कम्युनिष्ट पार्टी हुम्लाले गरेको निर्णयलाई नेकपा जिल्ला अध्यक्ष लालकेश जैशीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।
(हेर्नुहोस को को कहाँ कहाँ परे नामावली सहित )
नाम्खा गाउँपालिका
१.सौमति ऐडी, (इन्चार्ज)
२र्. विष्णुबहादुर लामा, डाब्ला लामा,नोरजाङ्ग तामाङ (सह–इन्चाज)
१. प्रेम लामा (अध्यक्ष)
२.सोनाम लामा (सचिव)
सिमकोट गाउँपालिका
१. शिवराज शर्मा, (इन्चार्ज)
२.महेन्द्रबहादुर शाही,डबल रावत, (सहइन्चार्ज)
१. ताक्लाजिक्मेत लामा (अध्यक्ष)
२. प्रवत सुनार (सचिव)
खापुनार्थ गाउँपालिका
१. रणसिह परियार (इन्चार्ज)
२.प्रेम बुढा, रुपा शाही, पूर्णबहादुर रोकाया, गणेश रावल, (सह इन्चार्ज)
१. प्रकाशबहादुर शाही (अध्यक्ष)
२. देवीसिह रोकाया (सचिव)
सर्केगार्ड गाउँपालिका
१. जुम्कित लामा (कार्की) इन्चार्ज
२.चन्द्रसिह कार्की दलबहादुर शाही,छवी थापा, (सह इन्चार्ज)
१ गोकुल बुढा (अध्यक्ष)
२. राजेन्द्र कार्की (सचिव)
चंखेली गाउँपालिका
१ दल फडेरा (इन्चार्ज)
२ गोविन्दबहादुर शाही,भारमल बुढा,कालिबहादुर बुढा उधिम भण्डारी (सहइन्चार्ज)
१. कालिबहादुर बुढा (अध्यक्ष )
२. पूनिमल रावल (सचिव)
अदानचुली गाउँपालिका
१. हस्तबहादुर शाही (इन्चार्ज )
२.कर्ण रोकाया,विष्णु बुढा (सहइन्चार्ज)
१ हरिदल बुमि (अध्यक्ष)
२. बद्ध भण्डारी (सचिव)
ताजाकोट गाउँपालिका
१. रणसिह परियार (इन्चार्ज)
२ गोपाल बुढा,मंगल नेपाली हरिदत्त जैसी (सह इन्चार्ज)
१. पूर्णप्रसाद ढकाल अध्यक्ष
२ अकबिर खडका सचिव
यस्तै गरी २ वटा प्रादेशिक निर्वाचन सम्नवय कमिटि समेत बाँडफाँड गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ । प्रादेशिक निर्वाचन समन्वय कमिटिमा क्षेत्र नम्बर (क)संयोजक ज्ञामी बुमि र सचिव दलु फडेरा यस्तै गरी निर्वाचन कमिटि क्षेत्र (ख) संयोजक महेन्द्रबहादुर शाही सचिव तिर्थराज रोकाया रहेको छन । कायक्रमबाटै १४ वटा विभागको गठन समेत कमिटि गरी त्यसको पनि प्रमुख र उप्रमुखको जिम्मेबारी बाँडफाँड गरेको छ ।