डोल्पाको ठूलीभेरीमा जिप खस्दा १० को मृत्यु, दुई सख्त घाइते

डोल्पाको सदरमुकाम दुनै बाट त्रिपुरा सुन्दरी नगरपालीका को सुपानी को लागी छुटेको १६,१० जिव दुर्घटना हुदा १० जनाको मृतु भएको छ ।
दुनै सुपानी सडक खन्डको ठुलीभेरी नगरपालीका को कालागौडा नजिकै को बतासे डाडामा जिवत भेरीमा खसेपछी ३ जना महिला र ७ जना पुरुष पुष गरी १० जनाको घटना स्थलमै ज्यान गएको छ ।
भने जिव चालक त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. ३ का दिनेश बहादुर बोहोरा र त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. २ रुमका वडा अध्यक्ष नन्द बहादुर थापा गम्भीर घाईते हुनु भएको छ ।
सोमबार वेलुका भएको जिव दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. १ का अन्दाजी ४८ बर्षका हेमराज हमाल, सोही नगरापलीका वडा नं. १ का अन्दाजी ६५ बर्षका नर सिंह कठायत, वडा नं. १ कै सेर बहादुर थापा सोही नगरपालीका वाड नं. २ मधु की अन्दाजी १३ बर्षकी अस्मीता रोकाया, सोही नगरपालीका वडा नं.५ ल्हा की अन्दाजी २५ बर्षकी लक्ष्मी रोकाय, सोही नगरपालीका वडा नं. ३ सुउ बर्ष ४५ का बोध धराला, सोही नगरपालीका वडा नं.३ बर्ष १६ की मनिसा धराला र ठुलीभेरी भेरी नगरपालीका वडा नं.५ बर्ष ३० भद्र रोकाया घटना स्थलमै ज्यान गएको हो ।
जाडा महिनामा जिव पानीमा डुवेको कारण चिसोले सवैको ज्यान गएको प्रहरीले जनाएको छ । सव अहिले जिल्ला अस्पताल डोल्पामा राखिएको छ भोली पोष्टमाटम गरी आफन्तलाई जिम्मा लगाईने भएको छ । सोही दुर्घटनामा जिल्ला अदातल डोल्पामा कार्यरत डोल्पा त्रिपुरा सुन्दरी नगरपालीका चु की अमिना बुढा मगर को झोला भेटीएको मान्छे व्यपत्ता रहेको जनाईएको