क्लबले अघिल्लो वर्ष देउसी–भैलो खेलेर संकलन भएको रकम सहयोग गरेको क्लबका अध्यक्ष सन्तोष बुढाले जानकारी दिए । क्लबका सहल्लाकार गोपाल बुढाको संयोजनमा ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको क्लबका अध्यक्ष बुढाले बताए ।
क्लबका अध्यक्ष बुढाका अनुसार सार्कीको उपचारमा खर्च लाग्ने भएकाले सहयोगका लागि समेत अपिल गरेका छन् । आर्थिक अवस्था कमजोरी भएका उनलाई गाउँका युवा क्लबले संकलन गरिएको रकमले उपचारमा राहत हुने क्लबका सहल्लाकार गोपाल बुढाले बताए । उनकाे अहिले काठमाडौं गंगालाल हृदयरोग अस्पतालमा उपचार भइरहेकाे छ ।
#सहयोग
कर्णाली रैवार संवाददाता । २० श्रावण २०७६, सोमबार २१:४६