काठमाडौं, – पूर्व प्रमुख जिल्ला अधिकारी धन प्रसाद शर्मा पौडेलको संस्मरणात्मक कृति आफ्नै भुमी आफ्नै अनुभव लोकार्पण भएको छ । शुक्रवार प्रज्ञा भवनमा आयोजित एक समारोह माझ सभामुख कृष्ण बहादुर महराले उक्त कृतिको लोकार्पण गरे ।
आफ्नै भुमी आफ्नै अनुभवको लोकार्पण पस्चात् प्रमुख अतिथीको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख महराले लेखक आफ्नो सहपाठी रहेको स्मरण गर्दै उनी एक देशभक्त राष्ट्रसेवक रहेको बताए ।
कृतिका लेखक धन प्रसाद शर्मा पौडेलले आफूले देखे भोगेका कुरालाई आत्मकथाका रुपमा पाठक माझ प्रस्तुत गर्न पाउदा निकै खुशी लागेको बताउदै कृतिमा प्रशासन तथा ग्रामिण भेगको कुरा र आफ्नो निजी जिवनका बारेमा शब्दहरु कोरिएको बताए ।
कार्यक्रममा पत्रकार तथा साहित्यकार प्रमोद प्रधान र समालोचक ज्ञानु अधिकारीले आफ्नै भुमी आफ्नै अनुभव नेपाली साहित्य फाटका लागि एक राष्ट्रसेवक कर्मचारी एबम् देशभक्त नागरिकको अनुपम उपहार रहेको औंल्याएका थिए ।
कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, नागार्जून नगरपालिकाकी उपमेयर सुशिला अधिकारी, पूर्व प्रशासक लगायत गन्यमान्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कर्णाली रैवार संवाददाता । १७ श्रावण २०७६, शुक्रबार १८:३९