औपचारिक शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो । विद्यालय विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने वैधानिक संस्था हो । तर, यहाँ विद्यालय राजनीति क्षेत्रको रुपमा प्रयोग भएको देखिन्छ । समाजका व्यक्तिहरुलाई शिक्षा प्रदान गर्नको लागि समाजमा नै स्थापित औपचारिक शैक्षिक संस्थालाई विद्यालय भनिन्छ । जसले सधै समाजको भलाईका लागि कार्य गर्दछ, राष्ट्रको भविष्यको लागि योग्य जनशक्ति निर्माण गर्दछ । विद्यालयले सामाजिक मुल्य तथा आर्दशहरु भावी पुस्तामा हस्तान्तरण पनि गर्दछ ।
एउटा वालकलाई पुर्ण मानिस बनाउने कार्यमा विद्यालयले महत्वपुर्ण भुमिका खेल्दछ । विद्यालयमा गुणस्तरीय शिक्षा र शान्तिको प्रत्याभुति हुनुपर्दछ न कि राजनीति क्षेत्र भएको महशुस होस् । यहाँ देशको अस्वस्थ राजनीति, अविकासको अवस्था र अशान्तिमय परिवेशले मात्र विद्यालय अशान्ति क्षेत्र भएका होईनन । विद्यालयहरुमा हुने वन्द, हडताल, भौतिक असुविधा, विद्यालयभित्रको विभेद,हिंसा, आर्थिक अभाव, विद्यालय व्यवस्थापन समितिमा राजनीति, शैक्षिक वातावरण कमी आदिले पनि विद्यालय अशान्ति क्षेत्र वन्न पुगेका हुन । नेपालका विद्यालय अध्ययन क्षेत्र कि राजनीति क्षेत्र हुन भन्नेमा प्रश्न चिन्न छ ? विद्यालय ज्ञानप्रदान गर्ने र शिक्षा आर्जन गर्ने संस्था हो ।
शिक्षा एउटा गतिशिल प्रकृया हो । शिक्षाले व्यक्ति समाज, संस्था, राष्ट्र, र अन्तराष्ट्रिय स्तरमा फरक फरक काम गरिरहेको हुन्छ, प्रभाव पारेको हुन्छ र परिणाम दिएको हुन्छ । आधुनिक युगमा र राज्यसंग संवन्धित समस्त विषयहरु राजनीतिले अध्ययन गर्दछ भने संघर्ष, कलह र भेदभावरहित, शान्तिपुर्ण सामाजिक जिवन राजनीतिको लक्ष्य भित्र पर्दछ । तर, विडम्वना यहाँ विद्यालयमा शैक्षिक वातावरण नभई राजनीति हस्तक्षेप र वढ्दो अनावश्यक राजनैतिक क्रियाकलापहरुले विद्यालय शान्ति र अध्ययन क्षेत्र हुन सकेका छैन्न । विद्यालयमा शिक्षकको अनियमितता, विद्यार्थीको अनुशासनहिनता, स्थानिय सरकार र शिक्षा विकास तथा समन्वय इकाईकोे मनपरितन्त्रले विद्यालय अशान्त छन् । त्यसैगरी शिक्षक, विद्यार्थी, अभिवावक, स्थानिय सरकार र शिक्षा विकास तथा समन्वय इकाईको राजनीति गर्ने ठाउँ विद्यालय भएका छन् । अन्यको लागि विद्यालय राजनीति प्रयोगशाला वनेको छ ।
विद्यालयलाई राजनीतिमुक्त क्षेत्र बनाउनु पर्दछ । जुन नेपालको आवश्यकता पनि हो । शिक्षा समाजको अपरिहार्य आवश्यकता हो । शिक्षाको माध्यमबाट समाज र राष्ट्रको आवश्यकताहरु पुर्ति हुन्छन् । शिक्षालाई समाज र राष्ट्रहरुका विद्यमान विभिन्न तत्वहरुले प्रभाव पार्दछन् यहाँ हुने सकरात्मक र नकरात्मक गतिविधिहरुले विद्यालयमा शान्ति र अशान्तिको वातावरण सिर्जना हुन्छ् । विद्यालयमा कस्तो शिक्षा प्रदान गर्ने ? कसरी शिक्षा प्रदान गर्ने ? कस्ताले शिक्षा प्रदान गर्ने ? भन्ने प्रश्न उठ्छ । विद्यालयमा अहिले शैक्षिक अभ्यास भन्दा पनि शिक्षामा राजनीतिक अभ्यास भइरहेको देखिन्छ । यहाँ शिक्षाको भन्दा पनि शिक्षामा राजनीति सबै पक्षहरुले गरेको भेटिन्छ ।
फलस्वरुप विद्यालय अध्ययन क्षेत्र नभई राजनीति क्षेत्र हुन गईरहेका छन । यसो हुनुमा कुनै एउटा कारण मात्र नभई धेरै कारणहरु जिम्मेवार रहेका छन् । यिनीहरुमा राजनैतिक कारण प्रमुख हो । नेपालमा हुने पटक पटकको राजनीति परिवर्तनमा विद्यालय, विद्यार्थी, शिक्षकको बढि प्रयोग गरेको पाईन्छ । जसमा द्धन्दहरु सिर्जना भएको हुन्छ । राजनैतिक पार्टी तथा भातृ संगठनको प्रयोग केन्द्र एवं कार्यक्रमस्थल विद्यालय वनेको छ । विद्यालय व्यवस्थापन समितिमा आ आफ्नो पार्टीका मान्छे ल्याउन र नजायज माग पुराको नाममा विद्यालय बन्द हडतालको शिकार भएका छन् । प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुको अवस्था, नियूक्ति, पक्षपाती व्यावहारले विद्यालय तनावग्रस्त र अशान्त छन् । यस्तै सामाजीक कारणले पनि विद्यालयमा वाधा उत्पन्न हुने गरेको देखिन्छ । समाजका विभिन्न, वर्ग, जाति, धर्म, भाषा, संस्कृति र राजनैतिक पृष्ठभुमि भएका विद्यार्थीहरु विद्यालयमा आउछन् । सो अनुरुप सोच, सुनुवाई र संगतमा भिन्नता पर्छ । फरक रितिरिवाज चाडपर्वअनुसार विद्यालयमा स्थानिय विदाको लागि विवाद हुन्छ ।
विद्यालयमा लागुपदार्थको दुव्र्यसन पनि बढेको जस्तो देखिन्छ । जसले गर्दा पनि विद्यालय अशान्त र असहज भएको पाईन्छ । यसरी नै शैक्षिक रुपमा वालमैत्री शिक्षा विधिको प्रयोगमा कमी हुनु, परीक्षा प्रणालीमा अनियमितता हुनु, अस्थिर शैक्षिक नीति, लैङ्गीक विभेदता , विद्यालयको भवन, फर्निचर, शौचालय, खानेपानी, खेलमैदानको अभाव, पुस्तकालय, प्रयोगशाला खेलकुद सामाग्री, शैक्षिक सामाग्रीको अभाव, दैविक प्रकोप, शिक्षक कर्मचारीको अपर्याप्तता, अनियमितता, व्यवस्थापन कमजोरीले पनि विद्यालय शान्ति र राजनीतिमुक्त क्षेत्र हुन सकेका छैनन् । यसरी नै संवैधानिक शिक्षक सेवा आयोगको व्यवस्था नहुनु, शिक्षकहरुबिच विविधता हुनु, सेवा सुविधामा विभेद हुनु, अस्पष्ट कानुन आदिले पनि बेला बेलामा आन्दोलन बन्द हडताल भई विद्यालयमा राजनीति वातावरण मौलाएको छ । त्यसैले यी समस्याहरुको समाधान खोजी गरी विद्यालय राजनीतिमुक्त क्षेत्र बनाउनुपर्छ र राजनीति प्रयोगशाला हटनुपर्छ ।
अहिलेको अवस्थाबाट नेपालका विद्यालयहरुलाई माथि उठाउनु पर्दछ ।
कुनै पनि विद्यालयले समाज र राष्ट्रको समुन्नत विकासको लागि महत्वपुर्ण भुमिका खेल्दछ । विद्यालयले समाज र राष्ट्रको लागि आबश्यक पर्ने विभिन्न किसिमका जनशक्तिहरुको उत्पादन गर्दछ । वालवालिकाहरुलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरी समाज र सचेत नागरिक बनाई विद्यालय मात्र नभई राष्ट्रको शान्ति कायम गर्न सहयोग पु¥याउछ । जग बलियो भयो भने घर बलियो हुन्छ भने झैं विद्यालय शान्ति क्षेत्र संगै देश शान्ति क्षेत्र हुनेछ । मुलत ः सहस्राब्दि विकास लक्ष्य पुरा गर्न, शैक्षिक गुणस्तर बृद्धि गर्न, शिक्षालाई नैसर्गिक अधिकारको रुपमा लिन, शिक्षामा समान पहुँच हुन, फरक जाति, धर्म, भाषा, लिङ्ग, वर्ग, बिचार, संस्कारप्रति सम्मान गर्न, लोकतान्त्रिक मुल्य मान्यताकासाथ सभ्य सुशिक्षित नागरिक बनाउन, विद्यालय भित्र हुने विभिन्न प्रकारका हिंसाहरु अन्त्य गर्न र विद्यालयमा हुने राजनीतिलाई निषेध गर्न विद्यालय शान्ति क्षेत्र हुन आवश्यक छ ।
नेपालले अन्तराष्ट्रिय स्तरमा गरेका शैक्षिक लगायत अन्य सन्धि, सम्झौता र प्रतिवद्धता पुरा गर्न यसले ठोस बल पु¥याउछ । साथै नेपालको शैक्षिक विकास गर्न, विद्यालय सुधार गर्न र शिक्षामा गुणस्तरियता ल्याउन यस मान्यताले मद्दत गर्दछ । विद्यालय राजनीति क्षेत्र मुक्त गर्न कुनै एक पक्षको प्रयास मात्र नभई सरोकारवाला सवैको संयुक्त प्रयासबाट मात्रै यो संभव छ । तसर्थ, शिक्षा र ज्ञानको केन्द्र विद्यालयलाई राजनीति प्रयोगशालाको रुपमा नचिनाउन तपाइ हाम्रो भूमिकामा भर पर्ने देखिन्छ ।
बसन्त रोकाया । ८ श्रावण २०७६, बुधबार २०:०३