कांग्रेसका जिल्ला सभापतिद्वारा शिक्षकमाथि हातपात

नेपाली कंग्रेसका जिल्ला सभापति जयपती रोकायाले शिक्षा विकास तथा समन्वय शाखामा काम गरेका शिक्षक कालीबहादुर छत्याल माथि हातपात गरेका छन् ।

शिक्षकको म्याचुअल सरुवाको विषयलाई लिएर सभापती रोकायाले कार्यालयमा छत्यालमाथि हातपात गरेका हुन् ।

जिल्ला शिक्षा तथा समन्वय शाखा हुम्लामा जिल्लाका शिक्षकहरुको सम्पत्ती विवरणको कागजात तयार पारिरहेका वेला अचानक जिल्ला शिक्षा विकास तथा समन्वय शाखामा पुगेका सभापती रोकायाले छत्यालको छात्तीमा हानेको प्रत्यक्षदर्शी पत्रकार हरिबहादुर रावतले जानकारी दिए ।

रारा आधारभुत विद्यालय मेखालाका शिक्षक दन्त साउदको र गौरिसंकर आधारभुत विद्यालयका शिक्षक पे्रमबहादुर रावलको म्याचुअल सरुवाको विषयमा असन्तुष्टि जनाएका कंग्रेस सभापती रोकायाले हातापत गरेको शिक्षा विकास तथा समन्वय शाखाका प्रमूख वर्ष फडेराले जानकारी दिए । तर यसबारेमा नेपाली कंग्रेसका सभापती रोकायाले भने सामान्य विवाद भएको स्विकारे पनि हातपात भने नभएको प्रतिक्रिया दिए ।

सरुवाको विषयमा शिक्षा विकास समन्वय शाखामा मनपरी भएको दावी गरेका सभापती रोकायाले रौबारसँग भने, “शिक्षक सरुवाको विषयमा सामान्य भनाभन त भएको हो तर त्यसमा कुटाकुट भएको भन्ने झुट्टा हो ।”

यसबारेमा प्रशासनले भने अवविज्ञता प्रकट गरेको छ । सामान्य विवाद भएको भन्ने थाहा पाएको बताएका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले यसका बारेमा कतैबाट लिखित जानकारी नआएको बताए । सभापतीबाट कुटिएका भनिएका छत्याल आफूकहाँ आएको बताएका अधिकारी पोखरेलले आइतबार छलफल गर्ने प्रतिक्रिया दिए ।

हातपात गरिएका छत्याल शिक्षा शाखामा कर्मचारी अभाव भएको भन्दै पशुपती आधारभुत विद्यालय छ्यागीबाट गएको फागुन १९ गतेदेखि काजमा काम गर्दै आएका थिए ।

विवाद कसरी शुरुभयो रु

जिल्ला शिक्ष विकास तथा समन्वय शाखाबाट सरुवा गरिएका रारा आधारभुत विद्यालय मेखालाका शिक्षक दन्त साउदले असार २२ गते घर पाइक पर्ने भन्दै शारदा प्रा।वि। गैरीसाँयामा सरुवा गराइदिन भन्दै निवेदन पेश गरेका छन् । इकाई प्रमूख समक्ष दिएको निवेदनमा निमित्त प्रमूख फडेराले जिल्ला शिक्षा समितिमा पेश गर्ने तोक लगाएका छन् । तर समन्वय इकाईले निज शिक्षक साउदलाई उनले माग गरेको विद्यालय भन्दा फरक गौरीशंकर प्रा।वि। माथिल्लोपालीमा असार २६ गतेको मितिमा सरुवा गरेका छन् ।

आफूले माग गरेको विद्यालयमा सरुवा नगरेर आफूलाई पेलिएको भन्दै साउदले असन्तुष्ट जनाउँदै आएका थिए । पटक पटक आफूले माग गरेको घरपाइकमा भन्दा फरक स्थानमा सरुवा गरेको भन्दै आफुले असन्तुष्ट जनाएको बताएका साउदले रारा आधारभुत विद्यालयमा राजनीतिक रुपमा आप्mना कार्यकर्तालाई भर्ति गर्न आप्mनो सरुवा गरेको भन्दै असन्तुष्ट जनाएको बताए ।

पटक पटक शिक्षा विकास तथा समन्वय शाखामा सरुवा भए आप्mनै घर भएको साँयामा जाने नभए अन्यत्र नजाने बताएका साउदले अन्तमा सरुवाको पत्र हातमा पाएपछि आफू आवद्ध पार्टी सभापती रेकायलाई गुहार गरेको देखिन्छ ।

किन भयो स्थायी भएको तिन महिना मै सरुवा

नेपालको कानुन अनुशार कुनै शिक्षक वा कर्मचारी स्थायी भएको एक वर्षसम्मको परिक्षण कालमा पोष्टीङ्ग भएको स्थानबाट अन्यत्र सरुवा गर्न मिल्दैन तर शारदा आधारभुत विद्यालयका शिक्षक दन्त साउदलाई स्थायी भएको ३ महिनामै सरुवा गर्न खोजिएपछि पनी विवाद भएको देखिन्छ ।

आन्तरिक रुपमा ०६५ चैतमा स्थायी भएका साउदलाई सरुवा गर्नमा उनी कार्यरत शारदा आधारभुत विद्यालयको रिक्त दरबन्दी नै मूख्य भएको देखिन्छ । अस्थायी रुपमा कार्यरत पुनिमल ऐडीले स्थाइमा नाम ननिकालेपछि रिक्त दरबन्दीमा आआप्mनो पक्षिय व्यक्तीलाई केही समयका लागि भएपनि नियुक्ती गर्न होडबाजी भएपछि अवस्था हात हालाहालमा पुगेको हो ।

नेपाल कम्युनिष्ट पार्टी पक्षले कंग्रेस सर्मथक मानिएका साउदलाई शारदा आधारभुत विद्यालयबाट सरुवा गरेर आप्mनो कुरा मान्ने गौरिशंकर आधारभुत विद्यालयका प्रमबहादुर रावललाई रारा आधारभुत विद्यालयमा ल्याएर रित्त दरबन्दिमा आप्mना कार्यकर्ता भर्ति गर्ने उद्देश्य अनुरुप सरुवा गर्यो । जुन कंग्रेसका लागि अपाच्य भएका कारण जिल्ला नेतृत्व नै हातपातको अवस्थासम्म पुगेको हो ।

सबै काम र अधिकार स्थानीय तहमा गएको भएपनि जिल्लाबाटै राजनीतिक पहुँचका भरमा सरुवा गर्ने कामले जिल्लामा भएको विवाद गाउँमा गएर विद्यालयको पढाई समेत अवरुद्ध हुने देखिन्छ ।