हुम्ला– सर्केगार्ड गाउँपालिका ८ राहदेवमा पहिलो पटक कुटानी पिसानी मिल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकार मातहत नमुना सहकारी गाउँ विकाय कार्यक्रम अन्र्तगत हिमाली अर्गानिक कृषि सहकारी संस्थाले आज देखि उक्त मिल सञ्चालनमा ल्याएको हो ।
जिल्ला कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा सहकारी संस्थाले १२ लाखको खरिद तथा ढुवानी अनुदानमा राहदेवमा पहिलो पटक उक्त मिल सञ्चालनमा ल्याएको सहकारी संस्थाका अध्यक्ष रंगमल रोकायाले जानकारी दिएका छन् ।
मिल सञ्चालनमा आएपछि राहदे गाउँका स्थानीयहरु कुटानी र पिसानी कामका लागि परम्परागत घट्ट र ओखरबाट हुने कुटानी पिसानीबाट छुकरा पाउने उनले बताए ।
"
कर्णाली रैवार संवाददाता । २४ असार २०७६, मंगलवार १८:३४