जिल्लाको नाम्खा गाउँपालिका १ मा जलविद्युत निर्माणको काम थलेको आठ वर्ष पुगेको छ । आठ वर्ष अधि लघु जलविद्युत निर्माणको लागि सम्झैता भएको हेप्का र ताङगिन गाउँमा उपभोक्ता समितिको लापरवाहीले झुनितुङसा लघु जलविद्युतको काम अलपत्र परेको हो । जसको कारण गाउँका एक सय ५० घरधुरी उज्यालाेकाे अाशामा मात्र बसेका छन्।
जलविद्युत निर्माणको लागि गाउँका स्थानीयहरु कुलोनिर्माण गर्ने गिटी तयार पर्ने जस्ता काममा जुटेका थिए । सम्झैता गरिएका समितिले चासो नदेखाएपछि निर्माण भएका कुलो समेत भत्कदैं गएको छ ।
कामदारले ज्याला पाएनन्
जलविद्युत निर्माणको लागि स्थानीयले गरेका श्रमको मुल्य आज सम्म पाएका छैनन् । कुलो निर्माणको लागि ढुङ्गा बोकेकोलगायतका कामको मुल्य माग्दा विभिन्न बाहान गरी आज सम्म समितिका व्यक्तिहरुले टाल्दै आएको स्थानीय टैलामु लामाले बताइन् ।
निर्माणको लागि भनेर गाउँबाट रकम समेत संकलन गरिएको थियो । गाउँबाट निर्माणाकाे लागि भनेर प्रतिघर एक हजार रुपैयाँको दरले रकम संकलन गरिएको स्थानीयले बताए । घरमा रकम नहुँदा उनीका कपडा विक्री गरेर विद्युत निर्माण हुन्छ भनि पैसा दिएको ताङगिन गाउँकी नक्की लामाले बताइन् ।
नयाँ पत्रिका
कर्णाली रैवार संवाददाता । १७ कार्तिक २०७५, शनिबार १६:१५