हुम्ला–कृषि क्षेत्रमा उल्ल्खेनिय काम गर्न हुम्लाका ५ जना अगुवा महिला कृषकलाई सम्मानित गरिएको छ । खार्पुनाथ गाउँपालिकाका ४ स्थित छिप्राका ५ जना अगुवा महिला कुषकलाई सम्मान गरिएको हो ।
अगुवा महिला कृषक नन्दरुपा शाही,देवीसरा उपाध्यया, रम्फा उपाध्यया,बाचु उपाध्यया र गोमा शाहीलाई सम्मान लिर्वड हुम्लाका प्राविधिक सहायक सुन्दर रावतले जानकारी दिएका छन् ।
कृषि क्षेत्रमा उल्लेखनिय काम गरी उपलब्धि हाँसिल गरेका उनीहरुलाई सम्मान गरेको रावतले बताए ।
विगतका वर्षमा यस गाउँमा तरकारी खेत गर्नको संख्या न्युन रहेको स्थानीय बाली परियोजनाकी वरिष्ठ कार्यक्रम अधिकृत रिता गुरुङ्गले बताइन् ।
लिबर्ड संस्थाले प्रोहत्सान दिएपछि अहिले यो गाउँमा तरकारीको खेती गर्न खानेहरुको संख्या वृद्धि भएको वरिष्ठ अधिकृत गुरुङ्गले बताइन् ।
कर्णाली रैवार संवाददाता । १६ असार २०७६, सोमबार १०:४१