खार्पुनाथ ५ स्थित मान्धारा माध्यामिक विद्यालयमा शुक्रबार राति कार्यालयको ढोकाको ताला फोडेर ५ थान ल्यापटप चोरी भएको छ ।
४ थान डेल ल्याप्टप र १ लेनेभो गरी ५ थान ल्यापटप चोरी भएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिएका छन् । गाउँभन्दा बिद्यालय टाढा रहेको र कोही नबस्ने भएकोले चोरी भएका शाहीले बताए । जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी राजेन्द्र सिहंले याङचुबाट ५ जना प्रहरीको टोलीले मुचुल्का गरेको बताए ।
अनुसन्धान अघि बढाइएको सूचना अधिकारी सिंहले बताए ।
कर्णाली रैवार संवाददाता । १४ असार २०७६, शनिबार १८:३९