बनगाड कुपिण्डे नगरपालिका प्रथम मेयर कप भलिबल प्रतियोगिता उद्घाटन

इन्द्र बुढाथोकी सल्यान २१ चैत्र । बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा स्वास्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भने मुल नाराका साथ आज सल्लीबजारको हाटबजारमा प्रथम मेयर कप भलिबल प्रतियोगिता बिशिस्ट अतिथि बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले व्यानर पढेर उद्घाटन गर्नु भएको छ ।

अन्य कार्यक्रम भन्दा छुट्टै नंया तरिकाले कार्यक्रम उद्घाटन गरिएको थियो । नगरपालिका १२ वटै वडा बाट महिला, पुरुष गरि २४ वटा टिम बिच भलिबल हुनेछ । मेयर कप उद्घाटन कार्यक्रम प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) सल्यान जिल्ला अध्यक्ष तथा बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुन, बिशिस्ट अतिथि बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी, अतिथि दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसि, कुमाख गाउपालिका अध्यक्ष दिलमाया गिरि बुढामगर, नेकपा सल्यान जिल्ला सदस्य किर्ती ब राना, नेपाली काङ्ग्रेस नगर सयोजक टोप ब भण्डारी लगाएको अतिथि रहेको थियो । कार्यक्रममा नगरपालिका पुरान सास्कृतिक झाक्रीहरु पनि प्रस्तुत गरिएको थियो ।

पन्चेबाजा बनगाडी नाच, मयुर नाच, लरे नाछ लगाएत पुराना सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा शुभकामना दिनु हुदै प्रमुख अतिथि नगरपालिका प्रमुख गोविन्द कुमार पुनले अफुले नगरपालिकाको विकासको लागि सधै लागिरहने र विकास निर्माणकार्यमा सहयोगको लागि सबैले हातेमालो गर्नु पर्नेमा जोड दिनु भएको छ । नगरपालिकामा मिलेर बिकास गर्न सबैम बागचौर नगरपालिका मेयर बुढाथोकीले आग्रह गरेका छन ।

नगरपालिकाको सास्कृतिक कार्यक्रम बाटै नगरपालिका विकास गर्ने आग्रह गरेका छन । मेयर बुढाथोकीले मेयर, उपमेयर, वडा अध्यक्ष लगात सम्पुर्ण जनप्रतिनिधि मिलेर नगरपालिका विकास गर्न सुझाव दिनु भएको छ । एकता भए पछि नगरपालिका सबै विकास सहयोग पुग्ने र पुराना सास्कृती बचाउन नगर सभाबाट आवश्यक बजेट छुट्याउन समेत आग्रह गर्नु भएको छ । दार्मा गाउपालिका अध्यक्ष निम ब केसिले नगरपालिका विकासका लागि न्याय समान्ता सहित समृद्ध नगरपालिका बनाउन सकिने बताए ।

अधिकास नगरपालिका विगत भएको विवाद विषयमा कुरा गर्दै अब त्यसो नगर्न र बिगत जस्तै जनप्रतिनिधिहरुले विवाद नगरेर मिलेर जान समेत अनुरोध गर्नु भएको छ । कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढाले स्थानीय तहमा कर्मचारी अभावका कारण सोछे अनुसार काम गर्न नसकेको स्वीकार गर्नु भएको छ । स्थानीय सरकारले स्वास्थ, शिक्षा, खानेपानी, लगाएतका जनताका अति आवश्यक कुरा पूरा गर्नु भएको छ । भौतिक पुर्वाधार तयार गर्न आर्थिक चाहिन्छ ।

नगरपालिका हाम्रो गुरु भएको कारण नगरपालिका बाट हामि गाउपालिकाले सिक्नु पर्ने बताएका छन । अधिकास बोल्ने बक्ताहरुले मेयर, उप मेयर, वडा अध्यक्षले मिलेर विकास नगर्दा बनगाड कुपिण्डे नगर बासीलाई नै घात पुग्ने बताएका छन अब तपाईहरुले जनता बाट पाएको मतको कदर गर्दै जनताका समस्या, भावना बुझेर काम गर्न आग्रह गरेका छन ।

भलिबल खेलमा क्रमश पहिलो, दोश्रो, तेस्रो हुनेलाइ भलिबल खेलाडी महिला पुरुष दुबैलाइ ५० हजार, ३० हजार, २० हजार र उत्कृष्ट खेलाडी महिला, पुरुषलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक वडा बाट आएका झाकिहरुलाइ १५ हजार दिइने आयोजकले बताएको छ । आजै राजनैतिक दल र नगरपालिका कर्मचारी बिच मैत्रीपुर्ण भलिबल पनि हुने भएको छ । कार्यक्रम अध्यक्ष नगर उप प्रमुख मन्जु यरिले गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य ४ न वडा अध्यक्ष मोमत रोकाले गर्नु भएको कार्यक्रमको सन्चालन प्रमुख प्रशासाकिय अधिकृत हरि बहादुर खत्रीले गर्नु भएको थियो ।