सल्यानमा समुदाय पुन स्थापन कार्यक्रम

इन्द्र बुढाथोकी
सल्यान । कल्याणकारी अपांग सेवा संघ सल्यानको आयोजना र बनगाड कुपिण्डे नगरपालिका सल्यानको आर्थिक सहयोगमा समुदायमा आधारित पुन स्थापना कार्यक्रम स्वास्थ चौकी देवस्थलको सभा हलमा सम्पन्न भएको छ ।

नगरपालिका भित्र अपांग भएका व्यक्तिहरुको लागि गाउँ घर समाज र राष्ट्रमा कसरी पुन स्थापन गर्न सकिन्छ भने विषयमा छलफल गरिएको थियो । अपांग भएका व्यक्तिहरुलाइ शारीरिक, मानसिक क्षमतालाई उच्चतम विन्दुमा पुर्‍याइ कसरी सशक्त बनाउन र समाजमा कसरी सक्रिय र योगदान गर्न सक्ने बनाउन सकिन्छ ।

गाउघरमा अपांग भएका व्यक्तिहरुलाइ बोलाउने तरिकामा परिवर्तन गरि उनीहरुको स्थानीय स्रोत साधन प्रयोग प्रबर्द्धन गरि अपांग भएका व्यक्तिको अधिकार उपभोगमा दिगो परिवर्तन ल्याउन सकिन्छ । स्वास्थ, शिक्षा, जीवन निर्बाह, शसक्तिकरण र सामाजिक सेवामा कसरी अपांग भएका व्यक्तिहरुलाइ सपाङ्ग सरह सेवा सुबिधा दिन सकिन्छ भने विषयमा छलफल भएको थियो । अपांग भएका व्यक्तिहरुलाइ परम्परागत सोच बदलेर अब नयाँ सोचका साथ राज्यका हरेक क्षेत्रमा सर्वपक्षीय तरिकाले समिटिनु पर्ने बताएका छन ।

अपांग भएका व्यक्तिलाई उसको क्षमता अनुसार सिप सिकाउनु पर्ने कार्यक्रममा सहभागीले धारण राखेका छन । कार्यक्रमको सहजीकरण मानवअधिकार रेस० हरप्लेस सल्यान सयोजक रामचन्द्र रेग्मीले गर्नु भएको थियो भने कार्यक्रम कल्याणकारी अपांग सेवा संघ सल्यान अध्यक्ष कृष्ण बुढाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बनगाड कुपिण्डे नगरपालिका उपप्रमुख मन्जु यरिले अपांग भएका व्यक्तिहरुलाइ अब नगरपालिकाले सपाङ्ग सरह व्यबहार गर्ने बताएकी छ्न ।

चौथो नगर सभाबाट अपांग सम्बन्धि कार्यबिधी पारित भैसकेकोले अब काम काज गर्न सहज हुने उप प्रमुख यरिले बताएकी छन । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री , वडा अध्यक्ष, स्वास्थ लगाएत नगरपालिका अपांग भएका व्यक्तिहरुको सहभागी रहेको थियो ।