उच्च रत्तश्रावले थलिएकी नेपाली र सुत्केरी ब्यथाले थलीएकी महताराको हेलीकप्टरबाट उद्धार ।

जनकबहादुर शाही
हुम्ला, बैशाख–१८ ।  आज हुम्ला जिल्लाबाट २ महिलाको नेपाली सेनाको हेलीकप्टरले उद्धार गरेको छ । उद्धार गरीएकी दाङ्ग घोराही नगरपालीका १५ स्थाई घरभएकी चंखेली गाउँपालिका ६ स्थित मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत अनमी २ दिन देखि उच्च रक्तश्रावले थलिएकी  निशा नेपाली  र ७ दिन देखि सुत्केरी ब्याथा लागेर थलिएकी हुम्ला जिल्लाको अदानचुली १ कल्खे गायकी राजकला महतारा हुन । कर्णली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयकोे सहयोगमा नेपालि सेनाको हेलस्कप्टरले उद्धार गरी नेपालीलाई नेपालगंज र महतारालाई  सुर्खेत लगिएको  प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । सुत्केरी ब्याथा लागरथलिएकी महतारालाई उद्धार गर्न कार्णली प्रदेशका सामाजी बिकास मन्त्री दल रावल आफै आएको प्रमुख जिल्ला अधिकारी  ढकालले बताए ।


मंगलबार राती ११ बजे देखी सुत्केरी ब्यथा लागेको महतारालाई बुधबार बिहान ६ बजे श्रनिगर स्वास्थ्य चौकी लगिएको थियो । स्वास्थ्य चौकीमा पुर्याय पछि पेट भित्रको बच्चामा ब्यालेन्स नभएको र पहिले बच्चा निस्कीनु पर्नेमा नाल निस्केर बाहीर करिब १ केजी जती मासु बढेकोले स्वास्थ्य चौकीले यहाँ उपचार गर्न नसकिने भनेर सुबिधा सम्पन्न अस्पतालमा रिफर गरएिको श्रीनगर स्वास्थ्य चौकीका अहेब अ हे ब निर्मला थापाले बताईन् ।


आज भन्दा करिब १ हप्ता अघि पनि रगत बग्न सुरु भएपनि आफुलाई कसैलाई नभनेर आज  यस्तो समस्या भोग्नु परेको ब्याथाले थलीएकी ३५ वर्षीया महताराले बताएको अ हे ब  थापाले बताईन् । सुत्केरी ब्यथाले थला परेकी महताराको श्रीनगर स्वास्थ्य चौकीले उपचार नहुने भएपछि गाउँपालीकाका अध्यक्ष दल फडेराको पहलमा सामाजीक बिकास मन्त्रालयलेहेलीकप्टरबाट उद्धार गरेका अदानचुली गाउँपालीकाकी उपाध्यक्ष सौमती रावल ऐडीले जानकारी बताइन् ।
सधै अर्काको उपचार र सेवामा  तल्लीन अनमी आफै उच्च रत्तश्रावले थलिइकी पछि उनको उद्धारको लागि गृहमन्त्रालयमा मंगलबार नै हेलिकप्टरको पहल भएको भएपनि मौसम खराबको कारण हेलिको ब्यबस्था हुन नसकेकोले बुधबार बिहान ११ बजे नै उच्च रक्तश्रावले थलिएकी अनमी नेपालीलाई गृहमन्त्रालयसँग समन्वय गरी सामाजिक विकास मन्त्रालयले रकम व्यहोर्ने गरी  उद्धार गरि नेपालगंज लगिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।