स्काभेटर दुर्घटना हुँदा चालक घाइते

रुख ढलेर लाग्दा सडक निर्माणको काम गरिरहेको स्काभेटर मंगलबार कर्णाली नदीमा खसेको छ । कर्णाली करिडोरको याङचु बगरस्थित घुमाउनेमा सडक निर्माण गर्ने क्रममा माथिबाट रुख ढलेर स्काभेटर नदीमा खसेको हो ।

स्काभेटर चालक बिष्णु बुढा घाइते भएका छन । जिल्ला प्रहरी कार्यालयका डिएसपी राम बहादुर घर्ति मगरले चालकको टाउको सामान्य चोट लागेको बताए ।