भीरबाट लडेर घाईतेको हेलिकोप्टरबाट उद्धार

हुम्ला– गाउँको सार्बजनिक काम सिंचाईको कुलो निर्माण गर्ने क्रममा भीरबाट लडेर घाईते भएका एक जना घाईतको हेलिकोप्टरबाट काठामाडौं उद्धार गरिएको छ । यसरी भीरबाट लडेर घाईते हुनेमा नाम्खा गाउँपाकिला वडा नम्बर छ का हल्जीका कोन्जाङ लोप्साङ तामाङ रहनु भएको छ । घाईते तामाङको बाँया तर्फको दुई वटा करङ भाँचिएको र मुटुका चोट लागेको घाईते तामाङले बताउनु भयो । बाँया साईट चलाउनै नहुँने भए पछि शनिबार मनाङ एयरको हेलिकोप्टरबाट घाईतको साढे दश लाखमा रिजर्भ गरेर उद्धार गरिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनु भयो । त्यसै गरि अर्की पेटकी बिरामी छिरिङ लामु तामाङको पनि सोही हेलिकोप्टमा उद्धार गरिएको अध्यक्ष तामाङले बताउनु भयो । पेटकी बिरामी तामाङ बर्ष ३० की हुनुहन्छ