आफनै पहिचान बोकेको हुम्लाको यर्थाया सम्पति भएको झलक

हुम्लाको सदरमुकाम । एअरपोर्ट नजिकै रहेको ‘सिम’ क्षेत्र र डाँडामा रहेको  ‘कोट’ को  कारणले यसको नाम सिमिकोट रहेको स्थानीय बिस्वाश गर्छन्।

कर्णालीको तिर र सल्लाको वन । जडिबुटी र अन्य बनस्पतिको लागि पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ 

नेपाल चीनको सिमानामा रहेको हिल्सा । तस्वीरको दायाँ पट्टी चीन पर्दछ जसमा कालोपत्रे सडक, प्रहरीको भवन  देख्न सकिन्छ । नेपाल पट्टी बाटो निर्माणको क्रममा रहको छ । यहि बाटो हुँदै हजारौं भारतीयहरु कैलाश मानसरोवर जाने गर्छन्।

हिल्सा नजिकैको भिर हुँदै स्थानियहरु लिमि उपत्यकातर्फ जाँदै।

‘अमोगा तितु’ नामको सुन्दर चरा । यस क्षेत्रमा विश्वमै दुर्लब मानिएका चराहरुको अभिलेख गरिएको छ ।

फ्याउ मुसा , उच्च हिमाली पठारहरुमा हिउँ चितुवा, हिमाली रातो भालु  र ब्वाँसोको आहारा ।

हिल्सा पुगेर खाद्यान्न लगायत सामानहरु बोकेर बझांग जाँदै महिलाहरु । कुनै बेला घुमेर जीवन बिताउने यिनीहरु घर र जग्गा हुँदैनथ्यो। यिनलाई गाउँ पुग्न कम्तिमा ११ दिन लाग्छ ।

तुम्लिंगबाट स्याउ बेचेर न्यालु भन्ज्यांग हुँदै सेडा गाउँसम्म जान लागेका स्थानीयहरू गाडीमा ।

घ्याउ खोला र सक्या खोला, जसको माथिल्लो भागमा नेपालमा पहिलो पटक बन चौरीगाई फेलापरेको थियो ।

 लिमि गाबिसको तिल गाउँ । १२०० बर्ग किलोमीटरको यो गाविसमा तिन गाउँमागरि  जम्मा १८० घरधुरी बसोबास गर्छन ।

स्थानीय गोठ । यहि गोठ भित्र जीवन बिताउने परिवारहरु पनि छन्  ।

तिल गाउँका महिलाहरु उन काट्दै ।

छुन्ग्सा नजिकै रहेको झरना । तुम्लिंग बाट न्यालु भन्ज्यांग काटेपछि पहिलो बास नजिकै भेटिन्छ , यो झरना ।

ङीन खोला नजिकै थकाई मार्दै आन्तरिक पर्यटकहरु । लुकेको उपत्यका नामले परिचित यो क्षेत्र पछिल्लो समयमा पर्यटकहरुको गन्तब्य बनेको छ ।