सल्यानमा ४ दिनसम्म चलेको प्रदेश स्तरिय भलिवलमा पश्चिम रूकुम प्रथम, अरू विवरण यस्तो छ

सल्यानमा विहिबारबाट शुरू भएको प्रदेश स्तरीय भलिबल खेलमा पश्चिम रूकुमले प्रथम स्थान हासिल गरेको छ । खेलमा सुर्खेत द्वतिय र सल्यान तृतिय बनेका छन।
भलिवल अजसम्म चलेपनि टेबलटेनिस र वुद्धिचाल शुक्रबार नै सम्पन्न भएका हुन । भलिबलमा १० ओटा जिल्लाका खेलाडीहरु सहभागी भएका थिए । पहिलो चरणमा पश्चिम रूकुमलाइ हजराएको सल्यान फाइनलमा सुर्खेतसंग हारेपछि तृतिय स्थानमा चित्त बुझाएको हो ।
त्यस्तै बुद्धिचाल पुरुष खेलमा सुर्खेतका राजेन्द्र गौतम प्रथम भएका छन् । दृतिय हुम्लाका गगन बहादुर शाही, तृतिय दैलेखका निरक बहादुर रावल, चौथो हुम्लाका डबले रावत, पाँचौ कालिकोटका सुरे चौधरी र छैटौँमा प्रेम बहादुर सोमाइ रहेका छन ।
त्यस्तै महिला बुद्धिचालमा दैलेखकी नम्रता कुमारी न्यौपाने प्रथम भएकी छन् । दैलेखकै लक्ष्मी कार्की दृतिय र हेमा खड्का तृतिय भएका छन् ।
त्यसैगरी टेबलटेनिस पुरुषमा सल्यानका स्माइल बुढाथोकी प्रथम, सुरेन्द्र सेजुवाल (सल्यान) दृतिय, कृष्ण खड्का (सुर्खेत) तृतिय, विश्व बिक्रम शाहा (जाजरकोट) चौथो, दिपेश राना (सल्यान) पाँचौ भएका छन् ।
महिला टेबलटेनिमा सल्यानकी सुसिला विक प्रथम, सावित्रा वस्नेत (सल्यान) दृतिय, इसीमा गुरु (सुर्खेत) तृतिय, सुरुदेवी रोकाय (हुम्ला) चौथो, सर्मिला रावत (हुम्ला) पाँचौ भएका छन् ।