कर्णालीका तालहरु :रारा र फोक्सुण्डो
रारा :मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठुलो ताल हो |यो ताल सिस्ने हिमाल र कन्जिरोवाको काखमा छ |
समुन्द्र सतहबाट ३२०० मिटरको उचाईमा अवस्थित यो तालको लम्बाई ८ किलोमीटर ,चौडाई १.५ किलोमीटर तथा गहिराई १६७ मीटर छ |
रारा ताल करिब ११ वर्ग-किलोमिटर क्षेत्रफलमा फैलीयको छ |
![]() |
स्वोर्गकी अप्सरा रारा |
स्वच्छ निर्मल पानीमा असला माछाको क्रिडा ,चारैतिर हरियाली वाताबरण तथा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देख्न सकिने रमणीय र मनोमोहक यो ताल पर्यटक एवं वतावरणिय बिद्धहरुका लागि समेत आकर्षक स्थलका रुपमा रहेको छ |
फोक्सुण्डो :
![]() |
मनोरम फोक्सुण्डो |
डोल्पा जिल्लामा अवस्थित फोक्सुण्डो ताल नेपालको सबैभन्दा ठुलो गहिरो हो |यो ताल कन्जिरोवाको काखमा छ |
![]() |
शान्त र स्मौय फोक्सुण्डो |
समुन्द्र सतहबाट ३९०० मिटरको उचाईमा अवस्थित यो तालको लम्बाई ४.८ किलोमीटर ,चौडाई १.६ किलोमीटर तथा गहिराई६५० मीटर छ |
“Y”आकारको यो तालमा कुनै जिवजन्तु नपाइने हुदा नर्जिब ताल पनि भनिन्छ |
![]() |
प्रकृति नि लझाउछिन फोक्सुण्डोको सुन्दरता देखेर |
रिग्म गाउँमा पर्ने हुँदा रिग्म ताल पनि भनिने यो ताल हिम्शृङ्खलाहरुले घेरियाको छ | साथै तालको छेउमा फुल्ने रंगीबिरंगी फूलहरुले तालको शौन्दर्यलाई अरु बढाएको छ |
कर्णाली रैवार संवाददाता । १५ कार्तिक २०७५, बिहीबार २१:२८