हवाई टिकट सार्वसाधारण सास्ती पहुँचवालालाई मस्ती

हुम्ला– औषधी उपचारका लागि सुर्खेत झरेका चंखेली गाउँपालिका–६ का पालछिरिङ्ग बुढा हवाई टिकटकै लागि सुर्खेत विमानस्थलमा २० दिन सम्म बसे । हुम्ला जिल्लाबाट २ महिना पहिला सुर्खेत पुगेका बुढा हुम्ला जाने टिकट पाउने आशमा दिनभर विमानस्थल ढुके, तर टिकट पाउन सकेनन् । टिकट पाउने आशामै यहाँ बसेको २० दिन भईसक्यो । जहाजको टिकट नपाएपछि २० दिनसम्म सुर्खेत विमानस्थलमै भौतारिएको अनुभव सुनाए । बुढाले भने आफु भन्दा पछि आएकाहरुले सहजै टिकट लिएर जहाजमा उडेको देख्दा आफनो मन भकानिएको उनले बताए । पहुँच हुनेवाला फोनबाटै टिकट बुकिङ्ग गरेर हुम्ला पुगेको सुन्दा आश्रचर्यमा परेको उनले भने , हवाई यात्रा गर्दा सर्वसाधारणमाथि निजी एयर कम्पनीको दादागिरिको अन्त्य कहिल्यै भएन ।
सहजै टिकट पाउने वातारण स्थानीय प्रशासनले कहिल्यै मिलाउन सकेन । टिकट नपाउनुको पीडा हुम्लीहरुको सधैको दुःख बनेको उनले बताए । यस्तै गरी खार्पुनाथ गाउँपालिका ५ स्थित बाम्टाका ५२ वर्षीय रामसिह सुनार श्रीमति जौकला सुनार बिरामी भएपछि उपचारका लागि सुर्खेत आएको ४ महिना भयो । रामसिह सुनारले श्रीमति उपचार गरी घर फर्किनका लागि जहाज टिकटका लागि हारगुहार गर्न थालेको १ महिना भएको उनले बताए । रामसिह भकानिदै भने गरिबका लागि कोही हुदैन रहिछन सुर्खेत बस्दा बस्दै पैसा पनि सकियो के गरी हुम्ला पुग्ने होला उनले भने ।
अब सुर्खेत आउन्या नाई (झालिया) कहिले सुर्खेत नआउने समेत दुखेसो गरे । न हातमा टिकट छ न गोजीमा पैसा जस्ले मलाई हुम्ला (जान्या) जानको लागि टिकट बनाई दियो भने अब को आउदो निर्वाचनमा मेरो घर परिवारको भोट उसैलाई दिने गुनासो गरे ।  सुर्खेत र नेपालगञ्ज देखि निजी एयरलाइन्सहरु हवाई उडान भरेपनि पावर पहँुच हुनेहरुका मानिसहरु हाल्दै आएका छन । एयरलाइन्सहरुले सुर्खेत र नेपालगञ्जबाट काग्रो मात्रै ढुवानी गर्ने यात्रु नबोक्ने गरेको स्थानीयहरुको भनाई छ । कर्णाली प्रदेको राजधानी सुर्खेत देखि दिनमा एक दुई फलाइट उडान भरेपनि पहुँच हुने यात्रुहरु मात्रै टिकट पाउने पहँुच नभएका सर्वसाधरण यात्रुहरु महिनौ दिन विमानस्थलमै भौतारिन बाध्य छन । ४० देखि ५० जना हुम्ला जाने यात्रुहरु सुर्खेत विमानस्थमै भौतारिएको सिमकोट गाउँपालिका १ का नवराज भणडारीका दुखेसो छ ।
कर्णाली प्रदेश सरकारले नीजि एयरलाइन्स सिता एयरलाइन्ससँग हप्तामा एक फलाईट नियमित गर्ने निर्णय गरेको थियो ।
तर ती निर्णयमा मात्रै सिमित भए कार्यान्वयनमा नआएपछि कर्णालीका हिमाली जिल्ला हुम्लाका सर्वसाधारणले हवाई यातायातमा सहज पहुँचको अनुभुति गर्न सकेका छैनन ।
३० देखि ४० जना यात्रु रहेका छन । जहाजहरु काठमाडौ नफक्दै पहिला फलाइट राखी दिन एयरलाइन्ससँग अनुरोध समेत गरेको सुर्खेत नागरिक उडड्यन कार्यालयका प्रमुख बिनोद पन्थले जानकारी दिएका छन । सुर्खेतबाट जहाजहरुले यात्रु बोकेकै छन । म पनि तपाईहरु जस्तै हो एयरलान्सहरुलाई अनुरोध गर्छु, उनले भने ।
सामान बोक्छन यात्रु बोक्दैनन
सुर्खेतदेखि निजी एयरलाइन्सहरुले यात्रु भन्दा बढि सामान बोक्ने गरेको पाइएको छ । यात्रु भन्दा नेपाल खाद्य सस्थानको चामल र व्यापारी परियोजनका सामानलाई पहिलो प्रथामिता राख्ने गरेका छन । दिनमा एक÷दुई उडान भएपनि पहँचवालाहरुले फोनको भरमा निजी एयरलाइन्सहरुले यात्रु उडान गरेका छन । सर्वसाधारणहरु विमानस्थलको मुल भेटमै टिकटको लागि हारगुहार गदै बस्ने गरेका छन । नेता, जनप्रतिनीधि,कर्मचारीहरुले भित्र भित्रै टिकट लिएर आफना आफन्तहरु पठाउने गरेको सर्वसाधारणहरुको दुखेसो छ ।
सुर्खेत विमानस्थलमै यात्रु अलपत्र
हिँउद महिना छल्न शहर झरेका शिक्षक कर्मचारी विद्यार्थीहरु जहाज टिकट नपाएपछि सुर्खेत विमानस्थलमै अलपत्र परेका छन । बिहान १०÷११ बजेसम्म विमानस्थलमै कुर्ने टिकट नपाएपछि कोठा फर्किन बाध्य भएका छन । पहँचवालाहरुले सजिलै जहाज टिकट गरेर हुम्ला पुग्ने गरेपनि पहँच नहुनेहरु महिनौ दिन सुर्खेत विमानस्थलमै अलपत्र परेका हुन । सुर्खेतदेखि तारा,सीता,समिट लगायतका एयरलाइन्सहरुले उडान भर्ने गरेका छन ।
गाडीमा जाउ भने बाटो छैन जहाजमा जाउँ भने टिकट पाउन मुस्किल छ । स्थानीय बिर बहादुर रावलले भने, हवाई यात्रा गरौ भने हामीलाई टिकट दिदैनन् । पावरवालाकै हालीमुहाली छ । नीजि हवाई कम्पनीले सेवा सञ्चालन गरेपनि सर्वसाधारणलाई सास्ती र पहँुचवालाको मस्ती भएको रावलले बताए । विमानस्थलमा पनि सर्वसाधारण र पहँुचवालालाई विभेद हुने गरेको छ । नेता कार्यकर्ता,सरकारी कर्मचारी,जनप्रतिनीधि, निमार्ण व्यवसायी पहुँचवालाकै बिर्ता जस्तो गरिएको छ उनले भने । विमानस्थलहरुमा चरम अनियमिता भएको स्थानीयहरुको गुनासो छ ।
प्रदेश सरकार बन्यो बेखबर
एकसाता हुम्ला डोल्पा,मुगु जिल्लामा लगायतका जिल्लाहरुमा सुर्खेतदेखि नियमित रुपमा उडान गराउन प्रदेश सरकार किन पछि परेको छ भनि बुझदा केही दिनमै निजि एयरलान्सहरु, नागरिक उडड्यन कार्यालयका प्रमुखलाई बोलाएर छलफल गरिने बताएका कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाले जानकारी दिएका थिए । कर्णाली प्रदेश सरकारलाई नियमित हारगुहार गर्दा समेत बेखबर देखिएपनि यात्रुहरुले समेत आशा मारेका छन । जहाज टिकट नपाएपछि शिक्षक कर्मचारी, विद्यार्थीहरु सुर्खेत विमानस्थमै अलपत्र परेका छन ।