करुणा राईको ‘मकालुको काखैमा’ सार्बजनिक

ईटहरी/ केहि वर्ष अगाडी जिन्दगीको हरेक मोडमा गित गाएर नेपाली संगीत आकाशमा औपचारिक सांगीतिक यात्रा सुरू गरेकि गायिका करूणा राई छोटो समय मै दर्शक माझ चिनिन थालेकी छिन । केही समय अघि तीज गित तथा भिडियो सार्बजनिक गरेकी करुणाले फेरि गर्को गीतको भिडियो सार्बजनिक गरेकी छिन् ।

सार्बजनिक गीतको स्टुडियो भिडियोलाई केही समय अघि मात्र करुणाले सार्बजनिक गरेकी हुन् । ‘मकालुको काखैमा’ बोलको गीतमा करुणा राईको स्वर संगै पदम साधना कुलुङको ्शब्द समाबेश गरिएको छ । त्यस्तै गीतलाई मनोज साङ्सोङ राईले संगीत र एरेन्ज गरेका छन भने सार्बजनिक स्टुडियो भिडियोलाई जस्केलो क्रीयसनले निर्माण गरेको हो ।

संखुवासभा स्थायी घर भएकी करुणा विशेषगरि लोक तथा आधुनिक गीत गाउन मन पराउछिन । उनको समधुर आवाज बाट धेरै जना प्रभावित भएका छन् । सांगीतिक यात्राको आरोह अवरोह लाई पार गर्दै निरन्तर रुपमा गायन कलामा अगाडी बढीरहेकी छिन । करुणाले सुनाखरि अवार्ड २०१७ पनि हात पार्न सफल भएकी थिइन् ।