हुम्लाकी छिरिङले दिलाईन् किसानी माविलाई एक्लै दुई स्वर्ण

 

दरबाङ आइतबार । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको एथलेटिक्स प्रतियोगितमा हुम्लाकी छिरिङ लामु लामाले एक्लै दुई स्वर्ण जित्नुभएको छ ।

किसानी मावि विमबाट सहभागि हुनुभएका १७ बर्षिया लामाले छात्रातर्फको हाइजम्प र सटफुट विदा खेलमा जित हासिल गरि किसानी माविलाई दुई स्वार्ण पदक दिलाउनुभएको हो । छिरिङ किसानी मविमा आइएससिएजि संकायको कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । हाईजम्पमा ३ दशमलब आठ फिट र सटफुटमा प्रतिसपर्धिलाई पछि पार्दै दुई स्वर्ण पदक ल्याउन सफल हुनुभएको होे ।