हुम्ला– नेपाली काँग्रेस हुम्लाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देउडा गित गाउदै चुनौती दिएका छन । सरकार विरुद्ध नारा जुुलुस सहित प्रर्दशनीसँगै जिल्ला प्रशासन कार्यालय अगाडी देउडा गाएरै प्रधानमन्त्रीलाई चुनौती दिएका हुन ।
देउडा गितबाटै ३३ किलो सुना खै कहाँ गयो देशमा भष्ट्रचार बलात्कारीलाई फासी दे भन्दै स्थानीय कलाकारले देउडा गितबाटै सरकारको विरोध जनाएका छन । काँग्रेसले अहिले पनि सरकारले गरेका राम्रा कामको सर्मथन गर्ने मनस्थितीमा भएपनि यो अवस्था सृजना नगरेको काँग्रेसको आरोप रहेको छ ।
नेपाली काँग्रेस हुम्ला जिल्लाका उपसभापति कैलाश भण्डारीले केन्द्र पार्टीको निर्देशन अनुसार अहिलेको वर्तमान सरकारको बेतिथी जदति र महग्रीको विरुद्ध प्रर्दशनी रहेको बताए । सरकारले दुई तिहाईको दम्बा दिएर साँसद र सर्वेच्चको हनन गरेको भण्डारीले आरोप लगाए । दुई तिहाई दम्भमा नेपाली काँगे्रस नडराउने आकोश व्यक्त गरे । विराध प्रर्देशनीमा नेपाली काँग्रेस निकट कर्मचारी महिला, कार्यक्रताहरुको सहभागिता रहेको थियो ।
कर्णाली रैवार संवाददाता । २३ माघ २०७५, बुधबार २२:५३