कर्णाली बृहत् प्रर्दशनीको तयारी तीव्र

‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटी मण्डपमा करिब एक लाख दर्शकलाई लक्षित गरि यहीँ फागुल्न ३,४र ५ गते कर्णाली बृहत् प्रर्दशनी (एक्स्पो) हुन गइरहेको छ ।

गौरवमय इतिहास, धनी कला–संस्कृति, पुरानो सभ्यता, प्राकृतिक सुन्दरता र सम्भावनाको खानी भएको कर्णालीको परिभाषा सधैँ गरिबी, अशिक्षा, अभाव र विकटताको पर्यायवाचीको दिदै आइएको छ । कर्णालीको सस्ंकृतिको प्रचुरता र हाम्रो अतितको महिमाबारे काठमाडौँबाट सम्पूर्ण देशलाई अवगत गराउदै कर्णाली प्रदेश सरकारले घोषणा गरेको “कर्णाली–रारा पर्यटन बर्ष २०७५” लाई सफल बनाउने र नेपाल सरकारले घोषणा गरेको “पहिला देश अनि विदेश” भन्ने नारालाई कर्णालीबाट बुलन्द पार्ने उदेश्य सहित यो प्रदर्शनी गर्न लागिएको हो । मुलत सम्पूर्ण देशलाई कर्णालीको भ्रमण गर्न उत्प्रेरणा दिने र लगानीकर्ताहरुलाई कर्णालीको सम्भावनाबारे जानकारी गराउने उद्देश्य रहेको छ । यस Expo महोत्सव एउटा कार्यक्रम मात्र नभएर समग्र कर्णाली प्रदेशको समृद्धिको एउटा महत्वपुर्ण खुट्किलाको रुपमा भूमिका खेल्नेछ भन्ने आयोजकको विश्वास रहेको छ ।

मुगु–रारा, मानसरोवर, शे–फुक्सुण्डो, काक्रेबिहार, कुभिन्डे दह, चन्दननाथ, दैलेखको ज्वाला, खैरावाङ्ग भगवती मन्दिर लगायतका कर्णालीका अन्य पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्ने, कर्णालीमा रसायनिक मलको न्युनतम प्रभाव रहेको रणनीतिक अवस्थितिको फाइदा उठाउदै  कर्णालीलाई  प्रांगारिक कृषि हबको रुपमा प्रचार गर्ने, कर्णालीको संस्कृतिको प्रचुरता र अतीतको महिमाबारे काठमाडौँबाट सबै नेपाली लगायत विश्व समुदायलाई अवगत गराउने, ऐतिहासिक खस सभ्यतासंग समग्र नेपालको ऐतिहासिक साइनोको बारेमा प्रचार–प्रसारगरी संसारभर छरिएका खस जातीलाई आफ्नो उदगमस्थल तिर आकर्षित गर्ने, कर्णालीमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई कर्णालीको पर्यटन, कृषि, जडिबुटी प्रशोधन र जलविधुत लगायतका क्षेत्रहरुको सम्भावनाबारे जानकारी उपलब्ध गराउने, कर्णालीको उच्च हिमाली भोट क्षेत्रको इतिहास र सभ्यताको प्रचार–प्रसार गर्ने, कर्णालीमा प्रांगारिक कृषि पर्यटन, शैक्षिक पर्यटन, अनुसन्धानमुलक पर्यटन (वन, वातावरण, संस्कृति, बन्यजन्तु), व्यवसायिक पर्यटन (डकुमेन्ट्री र सिनेमा) इत्यादीको प्रबर्दन गर्ने, कर्णालीको समृद्धिको यात्रामा प्रदेश र केन्द्र  सरकारसंग हातेमालो गरेर अगाडी बढ्न युवा, बिद्यार्थी, ब्यापारी, शिक्षक, लगानीकर्ता, अनुसन्धानकर्ता, दाता लगायत सबैलाई प्रेरणा दिने, कर्णालीका युवाहरुलाई कर्णालीप्रति जिम्मेवार बनाउदै  उनीहरुको क्षमता वृद्धिमा महत्वपुर्ण भूमिका खेल्ने आशा आयोजक समृद्ध कर्णाली अभियानले राखेको छ ।

बिगत लामो समयदेखि लेखिदै देखाइदै आएको कर्णालीको सुन्दरता देखिएभन्दा फरक र सुन्दर छ ।  लुकेको सम्भावनालाई उजागर गर्दै कर्णालीको विकास र समृद्धी सम्पूर्ण नेपालीको उत्तरदायित्व हो ।  sayapatrikhabar.com