दिपेन्द्र शर्मा सुर्खेत, भाद्र । जोखिम मोरेरै भए पनि नेपाल छोडेर विदेश तर्फ जाने युवाहरुको लहर चलिरहेका वेला वराहताल गाँउपालीका ५ सुर्खेतका ३५ वर्षिय देविराम लामीछानेले वनाएको मेसिन रिडेवल पासपोर्ट एम आरपी लाई थन्काएर गाउमै कुखुरा पालन शुरु गरेका छन । पैशा कमाउने सुखसयलको जिवन विताउने सपना वोकेर अरु झै गरेर विगतमा जोखिम मोलेर कतार गएका उनले यस पटक भने आफनै गाँउमा कुखुरा पालन ब्यवसाय संचालन गरेका हुन ।
लामीछानेले कृषि विकास वैंकवाट छ लाख रुपैया ऋण लिएर व्यवसाय संचालन गरेका छन । गाँउमै ब्यवसाय गरेर नमुना वनेका लामीछानेले छ लाख कृषि ऋण तथा छ लाख आफैले सरसापट गरेर कुखुरा पालन गरेका हुन । भरखरै वाट व्यवसाय संचालन गरको छु,यसमा केही कृषि विकास वैंकको रकम र केही मैले आफैसग भएको रकम वाट व्यवसाय शुरु गरेको हुँु उनले भने ।
अझ यस लाई राम्रो वनाउदै लैजाने लामीछाने वताउछन । अव नेपालमै वसेर स्वाबलम्बी वन्ने उनको भनाई छ । उनिले मेहेनत गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन छन दैनिक विदेशीने युवाहरु लाई । कुखुरा पालन ब्यवसाय संचालन गरेर गाउकै नमुना युवा वन्न सफल भएका छन ।
सरकारले स्वदेशमै रोजगारीको सृजना गरेर विदेशिने युवाहरु लाई काम दिनु पर्ने उनको भनाई छ । दैनिक विदेशमा जाने लाई सस्तो व्याज दरमा सरकारले ऋण दिएर युवाहरु लाई व्यवसाय, उत्पादन लगाएतका काममा लगाउनु पर्ने उनि वताउछन । लामीछाने भन्छन गाँउमै केही गरौ भन्दा ऋण पाइदैन तर विदेश जान्छु भन्दा सवैले जति माग्यो ऋण दिन्छन ।
आफुले पनि गाँउमै ब्यवसाय संचालन गर्छु भन्दा कसैवाट ऋण नपाएर गाँउका अरुलाई भनेर ऋण पाएको उनि वताउछन । कुखुरा पालन ब्यवसाय गरेको धेरै लामो समय भएको छैन , लगानी अहिले वरावरमा रहेको छ अव फाइदा हुन्छ होला उनले भने ।
लामीछानेले वराहतालमा संचालन गरेको अन्नपुर्ण पोल्टी फार्ममा अहिले एक हजार कुखुरा रहेका छन । वराहताल ५ सुर्खेतका जीवन लामीछानेले पनि आफुले वनाएको मेसिन रिलेवल पासपोर्ट एम आरपी लाई थन्काएर गाउमै भैसीपालन ब्यवसाय शुरु गरेका छन । स्थानीय वहुमुखि कृषि सहकारी संस्था वाट ऋण ल्याएर भैसी पालन गरेका हुन ।
स्थानीय सहकारीवाट एक लाख ऋण मागेर भैसी पालन गरेको उनि वताउछन । समुदायको आवश्कता र मागका आधारमा योजनाहरुको छनौट हुने भएपछि गाँउमा स्वरोजगारको वृद्धी हुने नागरिक अगुवा खिम रेग्मीले वताउछन । समुदायले कुनैपनि बैंक,सहकारी तथा सस्थाहरु वट लिएको रकमलाई सहि सदुपयोग गर्रे दैनिक युवाहरु विदेशिनु नपर्ने स्वदेशमै वसेर पनि सुन फलाउन सकिने रेग्मीको भनाई छ ।
कर्णालीको गरिवी हटाउन प्रदेश सरकार, स्थानिय सरकार पहिलो चरणमा आय आर्जन ब्यवसाय र क्षमता विकासमा लगानी गर्नुपर्ने रेग्मीको भनाई छ ।
कर्णाली रैवार संवाददाता । १५ कार्तिक २०७५, बिहीबार २०:५२