हिडेरै मन्त्रालय जान्छिन् मन्त्री विमला केसी !

सुर्खेत । कर्णाली प्रदेशकी भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी सरकारी आवासबाट पैदलै मन्त्रालय पुग्छिन् । पछिपछि अंगरक्षक र अघिअघि मन्त्री केसी हिँडेको देख्न सकिन्छ । मन्त्री केसी मर्निङ्ग वाक या इभिनिङ वाक गर्न भने निस्किएकी होइनन् । मन्त्रीले प्रयोग गर्ने गाडी अहिले रुकुमको चौरजहारीमा छ ।मन्त्रीले अरू कसैलाई गाडी प्रयोग गर्न दिएको पनि होइन् । मन्त्री केसी चौरजहारी जाँदा बाटोमा नै बिग्रिएपछि अहिले मन्त्री पैदल यात्रा गर्न बाध्य छिन् । चौरजहारीमा उनी चढ्ने गाडी विग्रीएपछि केसी भाडाका र अन्य सरकारी कार्यालयका मोटर मागेर सुर्खेत आइपुगिन् ।

अहिले निवासबाट मन्त्रालयसम्म र मन्त्रालयबाट निवास सम्म पैदल हिँडेर पुग्ने गरेकी छन् ।‘मन्त्रीज्यू चढ्ने मोटर अहिले रुकुम पश्चिमको चौरजहारीमा थन्किएको छ, मर्मतका लागि समान पठाइएको छ ।’ केसीका स्वकीय सचिववलयका सदस्य दीपेन्द्र शर्माले भने ।केसीको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अहिले एक करोड १५ लाख मोटर किन्न्को लागि बजेट छुट्टाएको छ । जसको लागि बोलपत्र आव्हान पनि भइसकेको छ । मन्त्रालयले मन्त्रीको प्रयोजनका लागि भने मोटरको बोलपत्र भने खुलाएको हैन् । प्रदे शको मन्त्रालय मातहतमा रहेका चारवटा जिल्लाका लागि भनेर चारवटा मोटरका लागि बोलपत्र खुलाएको हो ।

कर्णाली प्रदेश सरकारले सवारी साधन खरिदसम्बन्धी कार्य्विधिमा मन्त्रीले ७० लाख सम्म र सचिवले ५० लाख सम्मको मोटर किन्न सकिने प्रावधान बनाएको छ। अहिले एक करोड १५ लाख बजेटमा चार वटा मोटरका लागि बोलपत्र आव्हान भएको छ ।सडक सञ्जा ल भएका चारवटा अन्य जिल्लाका प्रदेश माताहातका कृषि ज्ञान केन्द्र र पशु सेवा कार्यालयको लागि ति चार मोटरका लागि बोलपत्र खुलाइएको हो ।प्रदेश सरकार गठनताका संघीय सरकारबाट पठाएको गाडी प्रदेशको कृषि निर्देशनालयलाई दिएको छ । मन्त्री का लागि भनेर संघिय कृषि मन्त्रालयबाट मगाइएको मोटर अहिले मन्त्री चढ्दै आएकी छन् ।

त्यो पनि बिग्रिएर अहिले रुकुम पश्चिमको चौरजहारीमा थन्किएको हो । कृषि मन्त्रीका स्वकीय सचिवालयका सदस्य शर्माले भने ‘संघीय मन्त्रालयबाट पठाएको मोटर पनि पुरानो रहेछ, पटक पटक बिग्रिएर हैरान बनाएको छ ।’ खासमा संघिय सरकारले पठाएको र अहिले कृषि निर्देशनालयलाई दिईएको मोटर पनि पुरानो भएर दुःख दिइरहेको थियो ।पछिल्लोपटक माग गरिएको मोटर पनि पुरानो र थोत्रो नै भएको मन्त्रीको स्वकीय सचिवालय सदस्य शर्माले बताए । मन्त्री केसीले भने जिल्लाका प्रदेश माताहातका कार्यालयलाई काम गर्न सजिलो होस भनेर आफूलाई नभई जिल्लालाई मोटर किन्न लागेको जानकारी दिइन् ।