हुम्लामा एक जना सुत्केरी महिला र बच्चाको सचिव शाहीद्धरा उद्धार

हुम्ला – नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सचिव नवीन शाहीले हुम्लाबाट जोखिम परेकी सुत्केरी बच्चाको उद्वार गरि उपचार गरेका छन।

ताजाँकोट गाउँपालिका – १ कि २५ वर्षिय जौका खडका र उनकी बच्चाको उद्वार गरि नेपालगन्ज नर्सिङ अस्पतालमा उपचार गरेका हुन।

वडा नमबर १ बाट गाउँपालिका केन्द्र छपेला ल्याउदै गरेको जैका खडकाले बाटोमै बच्चा जन्मिएर भुइमा खसेपछि बच्चालाई नियमित बिलिडिङ हुदाँ मैला स्वास्थ्यचौकीबाट कोल्टी रेफर गरिएको जौकाका श्रीमान मानबहादुर खडकाले जानकारी दिए।

मैला स्वास्थ्यचौकीले बाजुरा जिल्लाको कोल्टी रेफर गरेको थियो नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव नवीन शाही पनि काम विशेषले आएका रहिछन उनले व्यत्तिगत रूपमा गाडी रिर्जभ गरि कोल्टीसम्म ल्याएर कोल्टिबाट जहाजमा नेपालगन्ज पुर्याएर उपचार गरि दिएको बताए ।

नियमित बिलिडिङ हुदाँ बाजुराको कोल्टि रेफर गरेका थियौ राष्ट्रिय कर्मचारी संगठनका सचिवले आफै अवस्था गम्भीर देखेपछि व्यत्तिगत रूपमा नेपालगन्ज पुर्याएर उपचार गरेको मैला स्वास्थ्यचौकी इन्चार्ज लिलाराज शर्माले जानकारी दिए।

आमाको अवस्था सामान्य भएपनि बच्चाको अवस्था नाजुक थियो सचिव शाही आफैले गाडी रिर्जभ गरि जहाजबाट नेपालगन्ज पुर्याएर उपचार गरि दिएको स्वास्थ्यचौकी इन्चार्ज शर्माले बताए।
मेरो पनि नेपालगन्ज आउने काम थियोे त्यही गाडीमा ल्याएर आमा,बच्चा र उनका श्रीमानलाई ल्याएर कोल्टिबाट जहाजमा ल्याएर उपचार गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन सचिव नवीन शाहीले बताए