भारतमा कोरोनाको नयां भेरियन्ट भेटियो

काठ्माडौ,४ पुस । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएको छ ।

कोरोना भाइरसको जेएन १ भेरियन्ट भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।

समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।