सरकारी राहतकोषलाई कंग्रेसको ५० लाख सहयोग

काठमाडौ,१८ कार्तिक । जाजारकोट र रुकुममा भुकम्पले पुर्याएको क्षेतिको उद्धार, राहत र पुन:स्थापनाका लागि सरकारी कोषलाई कांग्रेसले ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार पार्टीले भूकम्प पीडितहरुको उद्धार, राहत र पुन:स्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।