करिश्माको बिहेको भिडियो भाइरल

बलिउड अभिनेत्री करिश्मा कपुरले व्यापारी सञ्जय कपुरसँग २००३ मा विवाह गरेकी थिइन् । उनको बिहे लामो समय भने टिकेन । उनीहरू सन् २०१६ मा छुटिए । अहिले करिश्मा दुई बच्चा समायरा र कियानलाई सम्हालिरहेकी छिन् ।

विवाहको १५ वर्षपछि करिश्माको विवाहसँग सम्बन्धित पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो करिश्माको विवाहको मेहन्दी कार्यक्रमको हो । त्यसमा करिश्माकी आमा बबिता कपुर पनि देखिएकी छिन् ।

भिडियोमा सलमान खान पनि देखिन्छन । अर्को दृश्यमा सलमानको साथमा अभिनेता गोबिन्दा छन् । दुवै करिश्माको साथमा जान्छन् र मिडियालाई फोटोका लागि पोज दिन्छन् । यी दुवै भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले खुबै रुचाएका छन् ।  करिश्मासँगको सम्बन्धविच्छेदपछि सञ्जय कपुरले प्रिया सचदेवासँग विवाह गरेका छन् । सञ्जय र प्रियाका एक छोरा पनि छन् ।