प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरीका सोह्र सिंढी तोड्फोड

डोल्पा,२० साउन ।  प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरीका सोह्र सिढिं तोड फोड भएको छ ।

डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको सिँडि तोडफोड भएको हो।

अज्ञात समुहद्धारा मन्दिरको दक्षिण तिर बनाइएको एक हजार आठ सिँडि मध्येका सोह्रवटा सिँडि तोफफोड भएको हो । हिन्दुहरुको पवित्र शक्तिपिठसँगै मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित त्रिपुरासुन्दरीमा श्रृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।

विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँडिका ढुगांहरु हतौडा प्रयोग गरेर तोडफोड भएको उनले जानकारी दिए । यस्तो किसिमको गलत काम कुनै धर्म विरोधि तत्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनि रुपमा अघि बढ्नु साथै स्यमं जगत जननी माता सँग पनि भाकल गरिएको समेत उपाध्यायको भनाई छ ।

कसले कुन कारणले सिँढि फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

यस अघि पनि अज्ञात समुहरुले मन्दिरका सिढिं तोडफोड गरेपछि विज्ञप्तीनै निकालिएको थियो । त्रिपुरासुन्दरी मन्दिर दर्शनकालागि देश विदेशबाट भक्तजनहरु आउने गर्दछन् ।