सुत्केरीले थलिएकी किशाेरीकाे हेलिकप्टरबाट उद्वार

हुम्ला,३१ असार। तीनदिन देखि सुत्केरी व्यथाले थलिएकी हुम्लाको ताजाँकाेट गाउँपालिकाबाट एक किशाेरीको हेलिकप्टरबाट उद्वार गरिएको छ।

मैला स्वास्थ्यचाैकीमा भर्ना भएकी ताजाँकाेट गाउँपालिका,३ कि १९ वर्षिय मनपुरा मल्ल हमाललाई नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरिएकाे हाे।

मैला स्वास्थ्य चाैकीमा अथाह प्रयास गरेपनि सुत्केरी गराउन नसकेर एयर लिफ्टिंङ गरेर कर्णाली प्रदेश स्थित प्रादेशिक अस्पताल सुर्खेत पठाइएकाे ताजाँकाेट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिए ।

राष्टपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाकाे हेलिकप्टरबाट मल्लकाे उद्वार गरिएकाे स्वास्थ्य शाखा प्रमुख ढकालले बताए । जिल्ला स्वास्थ्य कार्यालय हुम्ला, ताजाँकाेट गाउँपालिकाकाे प्रयासपछि किशाेरीकाे उद्वार गरि प्रादेशिक अस्पताल सुर्खेत पठाइएकाे हो ।