नवराज न्याैपाने ‘माैन’
मेरी माया हृदयतलमा बस्दछ्याै सम्झनामा
बाेकी भारी विकट बनमा बग्दछ्याै तिर्सनामा
छाडी आएँ प्रकृति वनिता शान्त नेपाल मेराे
खाडी आएँ हर बखत याे जिन्दगानी अँधेराेे
पैसा भन्दै सबतिर कुँदे मात्र ऐश्वर्य प्याराे
हाँस्ने खेल्ने रहर मनकाे बन्छ जम्मै उधाराे
हेर्छ्याै टाढा नयन रसिला चाड वा पर्व अाए
खल्लाे लाग्ला शयनतलमा साथ मेराे नपाए
बाबा आमा शिथिल वयमा सम्झिदा हुन् मलाई
छाेराछाेरी शिशुवय झनै खेल्न थाले रमाई
बाँझाे बारी हरित सपना आज बाेकेर रुन्छ
बेसाहाले कति दिन यहाँ जिन्दगी स्वस्थ हुन्छ
माटाे राम्रो तरल सरिता कल्कलाएर बाेल्दा
बाटाे राम्राे हिमगिरि हुँदै नागबेली छिचोल्दा
मान्छे हुन्छन् विविध रङका भावना भाव नाैला
पर्खे प्यारी दिलखुश हुँदै वस्त्र नाैला किनाैंला
ज्यूने मान्छे सघन हरिया फाँटमा मस्त हुन्छ
प्यूने मान्छे ढलपल गरी चाेटले त्रस्त हुन्छ
राम्रा राम्रा इलम नसिके जिन्दगी शून्य हुन्छ
आफ्नाे प्याराे मुलुक बनिए काम नै पुण्य हुन्छ
नाैला नाैला प्रचलन भए लाेक संस्कार अर्काे
पाका पुस्ता विचलित भए सम्झदा लाग्छ झर्काे
नेपाली हाे श्रम बल सबै देशमा खर्चिने कि
भन्दा प्यारी नयन भरिए साेच नाैलाे लिने कि।।
ठेगाना: भानु नपा ५, चुँदी, तनहुँ
सम्पर्क : ९८४९५६२३५८
कर्णाली रैवार संवाददाता । १ जेष्ठ २०८०, सोमबार १५:४५