हुम्लामा दुई गाउँपालिका पुर्ण-खाेप पालिका घाेषणा

हुम्ला,१५ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्णय अनुसार पालिका, जिल्ला प्रदेश घाेषणा गर्ने परिपत्र सँगै हुम्लाका दुई गाउँपालिका पुर्ण खाेप पालिका घाेषणा गरिएकाे छ।

उत्तरी चीनकाे सिमना जाेडिएकाे नाम्खा गाउँपालिका दक्षिण भेगमा रहेकाे ताजाकाेट गाउँपालिका पुर्ण खाेप पालिका घाेषणा भएकाे पुर्ण खाेप सुपरभाइजर सुरबिर शाहीले जानकारी दिनुभयाे ।


खाेपका विभिन्न चरण सकिएसँगै दुई पालिका पुर्ण खाेप पालिका घाेषणा गरेकाे खाेप सुपरभाइजर शाहीले बताउनुभयो । हुम्लाका खार्पुनाथ र सिमकाेट याे भन्दा पहिल्यै भइसकेको छ सर्केगाड गाउँपालिका १६ गते पुर्ण खाेप पालिका घाेषणा हुन्छ । पालिका पुर्ण खाेप सकिएपछि वैशाख १० गते हुम्ला जिल्लानै पुर्ण खाेप जिल्ला घाेषणा गर्न लक्ष्य रहेकाे खाेप सुपरजाइभर शाहीकाे भनाइ छ।

ताजाकाेट गाउँपालिकामा पुर्ण खाेप पालिका घाेषणा कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिबराज शर्माले स्वास्थ्य क्षेत्र हेलचक्याई नगर्न समेत आग्रह गर्नुभयो । खाेप नियमित रूपमा लगाएर बाल मृत्यु दरकाे संख्या कम गराउन समन्वय प्रमुख शर्माले बताउनुभयाे ।
स्वास्थ्य क्षेत्रलाई विशेष प्रथामिकता दिन स्थानीय सरकार सकिय रहेकाे ताजाकाेट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयाे । अबका दिनमा नागरिका घरदैलो, प्रत्येक विद्यालयमा बालबालिका र मजदुरसामु पुगेर स्वास्थ्य चेकजाँच गर्न अध्यक्ष जैसीले बताउनुभयाे।

ताजाँकाेट गाउँपालिकाकाे पुर्ण खाेप पालिका घाेषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा,ताजाकाेट गाउँपालिका अध्यक्ष लालकेश जैसी,पुर्ण खाेप सुपरभाइजर सुरबिर शाही,जिल्ला अस्पताल हुम्लाका ल्याब टेक्निशियन ,रविन्द देवकाेटा र ताजाकाेट गाउँपनलिका सम्पूर्ण स्वास्थ्यकर्मी ,स्वंयम सेविका स्थानीय जनप्रतिनिधि उपस्थिति रहेकाे थियाे।