शिक्षा, स्वास्थ्य, रोजगार र पुर्वाधार प्रदेशको एजेण्डा – मुख्यमन्त्री शर्मा

प्रदेश सरकारले सहयोग गरेन- उपकुलपती रावल !

जुम्ला,११ बैशाख । शिक्षा, स्वास्थ्य, रोजगार त्यस्कालागि पुर्वाधार  कणाली प्रदेश सरकारको प्रमुख एजेण्डा भएको मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन ।


कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानले आयोजना गरेको स्वागत कार्यक्रम मा बोल्दै शर्माले उक्त कुरा बताएका हुन। शर्माले परिवर्तन गर्न सक्ने “लक्ष भएता पनि गक्ष “नहुंदा कणालिले अभाव झेल्न परेको बताए । आजको बैज्ञानिक युगमा प्रमाण पत्र हातमा समाएर आवस्य्कता परिपुर्ती गर्न चुनौती भएको शिक्षानीति नै परिवर्तन गर्न आवस्यक रहेको छ शर्माले भने । शिक्षा नीति २०२८ टाउकोले टेकेको देखिन्छ यस्लाइ खुट्टाले टेकाउन हामि लागिपरेका छौं ।
कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानको सभाहल मा भएको स्वागत कार्यक्रममा शर्माले पण्चायत, बहुदल, २०६२/६३ को जनाअन्दोलन पछि भएका परिवर्तन निकै संघर्षले भएको पनि बताए । उनले बर्तमान पुस्ताले सजिलै परिवर्तन भएको आकलन गर्नु गलत भएको तर्क गरे ।


शर्माले नेपालको संबिधानले ब्यबस्था गरेका अधिकारका कुराले चाहेर पनि समस्स्या समाधान गर्न नसकियको बताए । उनले भने “नीति भनेको टाउको हो टाउकाले निर्देशन दिदा कुनै कुरा चाहेर पनि पूरा गर्न सकिरहेको अवस्था छैन ।”

यो चटटान फोडेर उम्ररिएको पिपल हो, यस्ले धेरैलाइ छहारी प्रदान गरेको छ – नरेश भण्डारि ।
पुर्व मन्त्री तथा जुम्लाका माओबादी नेता नरेश भण्डारिले कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान पिपल भएको र छहारी प्रदान गरिरहेको बताएका छन ।
मुख्यमन्त्री राजकुमार शर्माको स्वागत कार्यक्रममा बोल्दै भण्डारिले उक्त कुरा बताएका हुन । कार्यक्रममा पुर्व मन्त्री तथा संबिधान सभा सदस्य भण्डारिले प्रतिस्ठान निर्माण गर्ने बेलाको दिन सम्झिंदै भने बिगत बडो कारुणिक अवस्था थियो ।  सम्झिन्छु प्रतिस्ठान निर्माणका सुरुवाती अवस्थामा नेपालगंज बाट चिकित्सकलाइ हार गुहार गरेर पोस्टमार्टम गर्न बोलाइन्थ्यो । तर अहिले यो अवस्था छैन । “प्रतिस्ठान मरुभुमिमा हुर्कियको बिरुवा भएको हुंदा राज्यले सहयोग समर्थन र अपनत्व लियर यस्ता बिरुवा हुर्काउन जोगाउन जरुरी छ” भण्डारिले बताए ।

प्रतिस्ठान बिगतमा चिकित्सकहरु दुर्गममा नजाने भन्ने भनाइलाइ चिर्दै अब्बल संस्थाका रुपमा अगाडि बढिरहेको अवस्था छ यसलाइ कणाली सरकारले सहयोग समर्थन रहने आशा भएको बताए ।
नेपालका महंगा शहरबाट प्रतिस्ठानमा चिकित्सक बन्ने सपना देखिरहेका छ्न बिगतमा बिरामी सप्लाइ गर्ने कणालिले हाल चिकित्सक उत्पादन गरिरहेको अवस्था कणाली को लागि गर्वको बिषय रहेको भण्डारिले बताए ।

प्रदेश सरकारले कुनै सहयोग गरेन- उपकुलपती रावल
प्रतिस्ठानका उपकुलपती डा. मंगल रावलले प्रतिस्ठान समस्यामा अगाडि बढिरहेको बताएका छन ।

मुख्यमन्त्री राजकुमार शर्मालाइ स्वागत कार्यक्रममा बोल्दै रावलले प्रतिस्ठानको बिकासका लागि सबै निकाय संग हारगुहार माग्दा थाकिसकेको बताए । उनले ३ सय शैयाको वेड भएको अस्पताल देखिनु बाहेक भौतिक संरचनाको कुनै बिकास नभएको बताए ।१३ वटा भन्दा बढी अध्यन अध्यापन हुने, १०० भन्दा बढि चिकित्सक करिब ४ सय १९ जना कर्मचारी भएको कणालिका सम्पुण जिल्ला स्थानिय निकायमा आफ्नो सेवा बिस्तार गरेको प्रतिस्ठानका कर्मचारी जुम्लामा स्थानियको घरमा भाडामा बस्छ्न भनेर सुनाउदा नमजा लाग्ने बताए । रावलले कणालिका जनताको स्वास्थ्य अवस्था सुधारिओस भनेर स्वास्थ्य क्षेत्रको बिकासका लागि ३ जना पुर्व प्रधानमन्त्री , ३ जना कणाली प्रदेशका मुख्य मन्त्री संग सहयोग को अपेक्षा गर्दापनी सफल नभएको दुखेशो पोखे । कोरोना समयमा २३ ठाउँमा ६० जना चिकित्सक ६ महिनाकालागी पठाएर बिषसज्ञ सेवा दिएको कणाली नेपालका ठुला अस्पताल भन्दा कम नभएको ठोकुवा गरे ।तर अग्रणी संस्था निस्चित ब्यक्ती र ठाउंको राजनितिक कारण समस्यामा पर्दा प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा रहेको रावलको भनाइ छ । प्रतिस्ठान संघको मातहातमा रहेता पनि संघ प्रदेश र स्थानिय सरकारसंग सहकार्य, समन्वय र सहास्तित्वको भावनाले प्रतिस्ठान सधै तत्पर रहने छ रावलले भने ।

प्रदेश सरकारले राकममा बन्न लागेको १ सय शैयाको अस्पतालको जिम्मा लिदियोस भन्ने चाहान ब्यक्त गरे । बिगत ३ बर्ष देखि कणाली प्रदेश सरकारले कुनै सहयोग नगरेको पनि गुनासो गरे । प्रतिस्ठान कणली प्रदेश सरकार संगै सहयोगी भएर कार्य गर्ने पनि रावलको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रतिस्ठानका डिन रमेश भट्टराईले प्रतिस्ठानले सेवा गरेका स्वास्थ्य सेवा नेपालका अन्य अस्पताल भन्दा कम नरहेको बताए । कर्यक्रम को सहजिकरण इन्द्र डांगिले गरेका थिय ।