सिटिजन बैक हुम्ला शाखाले मनायाे १६ औ स्थापना दिवस

हुम्ला – सिटिजन बैक हुम्ला शाखाले १६ औ वर्ष प्रवेश गरेकाे उपलक्ष्यमा स्थापना दिवस मनाएकाे छ।

आफ्नाे स्थापना दिवसको अवसरमा बुधबार सदरमुकाम सिमकाेट बजारमा  वित्तीय  साक्षरता सम्बन्धि र्याली निकालेर  मनाएका हुन।

सिटिजन बैक सिमकाेट शाखामा कार्यरत कर्मचारीहरूले वित्तीय साक्षरता सम्बन्धि र्याली निकालेर १६ औ स्थापना दिवस मनाएकाे सिटिजन बैक सिमकाेट शाखाका प्रबन्धक केशाङ लामाले जानकारी दिए ।

मंगलबार दिउसो बाला मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्र,छात्राहरूसँग वित्तिय साक्षरता कार्यक्रम गरेकाे सिटिजन बैक हुम्ला शाखाका प्रबन्धक  लामाकाे भनाई छ।