अव्यवस्थित खेल मैदानमा भलिबल प्रतियाेगिता

हुम्ला-जिल्ला सदरमुकाम सिमकाेटमा रहेकाे  अव्यवस्थित खेल मैदानमा भलिबल प्रतियाेगिता सुरू भएकाे छ।
झण्डै चार पाँच वर्ष देखि निर्माण कार्य सुरू भएको खेल मैदानमा चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे हाे ।

५ देखि ७ कराेड सकिदा समेत निर्माण कार्य पूर्णता पाउन सकेकाे छैन। अव्यवस्थित खेल मैदानमा स्थानीय तह स्तरीय रनिङ शिल्ड कप भलिबल प्रतियाेगिता सुरू भएकाे छ ।

राष्टका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा कैलाश माध्यमिक विद्यालयकाे आयाेजना सिमकाेट गाउँपालिकाकाे मुख्य प्रयाेजकमा रनिङ शिल्ड प्रतियाेगिता सुरू भएको कैलाश माध्यमिक विद्यालयका प्रधानमध्यापक मेज बहादुर बुढाले जानकारी दिए।

दुई वटा विधा एथलेटिक्स र भलिबल गरि १३ वटा खेल  हुने प्र.अ बुढाले बताए ।  प्रतियाेगितामा सिमकाेट गाउँपालिका रहेका सात टिमका रहेकाे प्र.अ बुढाकाे भनाई छ।

बर्सेनि खेलकुद विकास समिति मार्फत खेल क्षेत्रमा  मैदान निर्माण कार्यमा करोडौं बजेट आउदा पनि बजेट मैदान निर्माण नहुदाँ खेल मैदान अलपत्र परेकाे छ।
संघ र प्रदेश सरकारबाट पटक पटक थुप्रै बजेट खर्चिए पनि आर्थिक अभावले थलिएकाे छ। फुटबल,भलिबल, हक्की बेला बेला सिकाउने ठाउँमा अव्यवस्थित रूपमै खेलाडीहरूले खेल खेल्न बाध्य छन।
चाैथाे राष्ट्रपति रनिङ शिल्डमा  उद्घाटनमा पुगेका प्रतिनिधि सभाका सदस्य छिरिङ दम्डुल लामा (कार्चेन)ले खेल क्षेत्रका लागि खेल मैदान अनिवार्य रहेकाे बताए।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुम्ला आएका बेला ३ कराेड बजेट खेल मैदानकाे लागि सहयाेग भएकाे प्रतिनिधि सभाकाे सदस्य लामाले बताए ।
हुम्ला, र हुम्ली जनताले निर्वाचित  प्रतिनिधि भएकाेले ससदमा घच्चाउने समेत प्रतिबद्वता गरे। खेललाई शान्तिपुर्ण र मर्यादित रूपमा खेल खेलाउन आयाेजकहरू समेत अनुराेध गरे।