प्रश्न (कविता)

नवराज न्याैपाने ‘माैन’

भयङ्कर षड्यन्त्रको सिकार भएर पनि
असह्य यातनाकाे कठाेर पीडा सहेर पनि
सारा इन्द्रजालकाे प्रत्यक्षदर्शी भएर पनि
जाे अावाजविहीन मूर्ति भएर
चुपचाप बाँच्न विवश छन्
सारा कुरा थाहा पाएर पनि
जाे अनभिज्ञझैं बनेर
एकान्तमा रुन विवश छन्
जाे आफन्तबाटै पीडित भएर पनि
आफन्तलाई नै विश्वास गर्न अभिशप्त छन्
जाे हजाराैं हिंसा सहेर पनि
रुन्चे हाँसाे हाँस्न विवश छन्
तिनकाे कथा लेखिदिने
काेही लेखक छ?

जाे षड्यन्त्रका शृङ्खला सहदा सहदै
सामाजिक,मानसिक र सामाजिक स्वास्थ्य
सबै सधैंका लागि गुमाएर
निभेकाे आगाे बनेर बाँचिरहे
जाे हमेशा भगवान पुकार्दै
आफ्नाे लुटिएकाे भाग्य जाँचिरहे
तिनकाे व्यथा लेखिदिने
काेही पत्रकार छ?

हाे, धैर्यकाे बाँध फुटेपछि
षड्यन्त्रको पर्दाफाँस गरिनु पर्छ
यातनाकाे चिरफार गरिनु पर्छ