कर्णालीमा भेटिएकाे शव रूकुमका युवक रहेकाे खुल्याे!

हुम्ला– गत चैत १२ गते चंखेली गाउँपालिका- ४ स्थित देशीखाेला र कर्णाली नदीकाे बिच (दाेभान) भेटिएकाे युवककाे शव परिचान भएको छ।  पुथा उत्तरगङ्गा गाउँपालिका ६ रुकुम पुर्वका २२ वर्षिय संसार घर्ती मगरकाे शव रहेकाे खुलेकाे छ।

चंखेली गाउँपालिका-४ का हर्के कुलाल र सुरज बिकले माछा मार्न गएकाे बेला शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

सुचना पाए लगत्तै प्रहरी स्थलमा  प्रहरीचाैकी मेल्छाम र जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चाैधरी लगायतकाे टाेली पुगेर शव कर्णालीबाट निकालेर नदीकाे छेउ राखेेकाे थियाे।

कर्णाली नदीमा वेवारिसे रूपमा फेला परेकाे शव पुथा उत्तरगंगा गाउँपालिका-६ रूकुम पुर्वका संसार घर्तिमगरकाे रहेकाे उनका आफान्त बिमल बिकले जानकारी दिए ।

१२ गते शव भेटिएको सुचना पाएपछि हामी रूकुमबाट हुम्ला हिडेका थियौ हिजाे राती नाै बजे हुम्लाको चंखेली गाउँपालिका पुगेर बुझ्दा संसार घर्तिमगरकाे रहेकाे बिकले बताए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार कर्णाली नदीमा वेवारिसे रूपमा फेला परेकाे लास रूकुमकाे संसार घर्तिमगर जनाएकाे छ।

गत मंसिर महिना चंखेली गाउँपालिकाबाट वेेपत्ता रहेका पुथा उत्तरगंगा गाउँपालिका-६ रूकुम पुर्वका संसार घर्तिमगर रहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए।

आफान्तहरू घटना स्थलमा पुगेर शव आफ्नाे भन्ने स्वीकार गरेपछि पहिचान भएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।

अब केही बेर सनाखत हुन्छ प्रहरी नायब उपरिक्षक भट्टराईकाे भनाई छ। जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरिक्षक गिता प्रसाद चाैधरीकाे टाेली घटनास्थलमै रहेकाे छ।