काठ्माडौ,२९ फागुन । नेपालले पिकलबलमा स्वण पदक जितेको छ ।
पिकलबल एशोसिएसन नेपालको आयोजना, भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा भयको पहिलो अन्तर्राष्ट्रिय स्तरको पिकलबल आयोजना मा स्वण जितेको हो । नेपालकालागि हुम्लाका जनक फडेरा र राधेश्याम मचासिले इङ्ल्याण्डका खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हुन ।
नेपाल लगायत क्याम्ब्रीज पिकलबल क्लबमा आवद्ध बेलायत, पोर्चुगल, इटालीका खेलाडीहरुले ओपन डबल्स, गर्ल्स डबल र मिक्स डबल्स खेलहरुमा समीर पोखरेल, सुवर्ण शाहले डेभिड एम र डेभिड एसलाई फाइनलमा हराउँदै स्वर्ण पदक जितेका थिए भने जनक फडेरा, राधेश्याम मचामसीले डेभिड बी र सिल्भानोलाई हराउँदै स्वर्ण पदक जितेका थिए। त्यसैगरी ओपन मिक्स डबल्समा नेपालका खेलाडी ज्याक्सन सुवेदी र सबल दाहालले तृतीय स्थान हासिल गरेका छन्। गर्ल्स डबल्समा नेपालका प्रजुना अधिकारी र स्वस्तिका महर्जन तृतीय भएका थिए भने मिक्स डबल्समा नेपालका किरण खनाल र प्रजुना अधिकारीले सिल्भर मेडल जितेका छन्।
टुर्नामेन्टमा रियो नेपाल, एनसिसिएसन स्कुल र अरुण चौधरी फाउन्डेसनले स्पोन्सर गरेको थियो। सहयोगी र सहभागीहरुलाई पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए।
पछिल्लो समय विश्वब्यापी रुपमा अत्यन्तै लोकप्रीय बनेको खेल नेपालमा पनि लोकप्रीय बन्दै गएको छ। काठमाडौंको बौद्ध स्थित स्नोल्याण्ड स्पोर्ट्स एकेडेमीमा सम्पन्न भएको थियो
कर्णाली रैवार संवाददाता । २९ फाल्गुन २०७९, सोमबार ०७:२२