स्व.वियु निर्वाचन घाेषणा भएपछि विद्यार्थी संगठन जुरमुराउन थाले

हुम्ला– त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव घाेषणा गरेपछि हुम्लामा पनि विद्यार्थी संगठन जुरमुराउन थालेका छन ।

जहिल्यै पनि जिल्ला बाहिर केन्द्रीत हुदैँ आएका राजनितिक  दल निकट विद्यार्थी संगठनका नेता तथा कार्यकता बल्ल जुरमुराउन थालेका हुन ।  राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्द्रित गतिविधि देखिन थालेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा चहलपहल बढ्दै गरेकाे छ ।

मानसरोवर बहुमुखी क्याम्पस सिमकाेटमा स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा पाँच विद्यार्थी संगठनले दर्ता गरेकाे स्व. वियु निर्वाचन अधिकृत दखल राेकायाले जानकारी दिए ।

एमाले निकट  नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन,नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन,र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन दर्ता भएकाे निर्वाचन अधिकृत राेकायाले बताए ।

निर्वाचनकाे कार्यतालिका प्रकाशन भईसकेेकाे निर्वाचन अधिकृत राेकायाकाे भनाई छ ।