देशका तीनै तहमा एमाले बहुमतको पार्टी बन्छ- सिंह

हुम्ला,१२ फागुन ।  नेपाल कम्ययुनिष्ट पार्टी  (एमाले)ले देशका तीन वटै तहमा एमाले बहुमतको पार्टी बनाउने नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंहले बताएका छन।

नेकपा एमालेको दुई महिने मिसन ग्रासरुट अभियानका लागि शुक्रबार हुम्ला पुगेका केन्द्रिय सदस्य सिंहले उक्त कुरा बताएका हुन।
सिंहले नेकपा एमालेको अवको उदेश्य भनेको स्थानीय तह, प्रदेश र संघका तीन वटै तहमा नेकपा एमालेलाई बहुमतको पार्टी बनाउने उदेश्यले दुई महिना मिसन ग्रासरुट अभियानको थालनी गरेको बताए। एमालेको मिसन ग्रासरुट अभियानले प्रत्येक जनताबाट उठेका आवाजलाई सम्वोधन गर्ने गरि अभियान सन्चालन गरिने बताए ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सिंहले अहिलेसम्म पनि राष्ट्रिय सडक सन्जालले नछोएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट भनेको मानसरोवरको मुख्य गेटका रुपमा रहेको र यसले प्रचुर सम्भावन बोकेको धारणा राखे । यहाँ धार्मीक पर्यटकिय स्थलका दृष्किोणका हिसावले सडक सञ्जालको पहुँचमा अछुतो रहे पनि देशको एक नम्मवर जिल्लाका रुपमा रहेको बताए ।
सुखी नेपाल समृद्ध नेपाल भन्ने नाराका साथ देशै भरी उक्त अभियानको थालनी गरेको केन्द्रिय सदस्यको भनाई छ ।

कोभिड माहामारीका कारण देश आर्थिक रुपले गिरावट आएको र ६५ करोड मानिसहरु कोरोना प्रभावित भए भने ६० लाख भन्दा धेरैले ज्यान गुमाएको स्मरण गराउँदै सिंहले अन्तराष्ट्रिय परिस्थितीले पनि नेपाललाई प्रभावित बनाएको कुरा व्यक्त गरे ।
सम्मेलनमा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालले व्यहोर्नु परेको हार, लघु वित्तिय संस्थाले जनताको ढाड सेक्ने गरी उठाएको व्याज, जिल्लाका महिला श्रमिकहरुले पाउँदै आएको ज्याला, जिल्लामा स्थापित क्याम्पसहरुको पठनपाठनको अवस्था लगायतका विविध समस्यालाई नेकपा एमालेले त्यसको सम्बोधन गर्नु पर्ने सहभागि भएका पत्रकारहरुले सुझावका रुपमा भनाई राखेका थिए । सुझावलाई फागुन १३ गते शनिबारदेखि हुने नेकपा एमालेको मिसन ग्रासरुट अभियान टोलिले त्यसको समाधानको खोजि गर्ने एमाले पार्टिको स्रोतले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहको अध्यक्षतामा तथा नेकपा एमाले पार्टिका केन्द्रिय सदस्य डम्बर बहादुर सिंहको प्रमुख आतिथ्य र कन्द्रिय पर्यटन विभागका सदस्य तथा केन्द्रिय प्रतिनिधि लंक बहादुर शाहीको विशेष आतिथ्यमा सन्चालन भएको थियो ।